काठमाण्डौंः नवगायक जिसन भट्टको ‘बिरानो ठाउँ’बोलको गीत सार्वजनिक भएको छ। विदेशी मुलुकमा पाएको दुख, पीडा समेटिएको दसैं तिहार बिरानो ठाउँ नामक गीत सार्वजनिक भएको हो।
गीतमा भट्ट र सिजासु श्रेष्ठले स्वर दिएका छन्। गणेश भट्ट र मुकुन्द भट्टको अभिनय रहेको गीतको निर्देशन प्रबिण थापाले गरेका हुन् ।
गणेश भट्टले सामाजिक विषयवस्तु समेटिएको नयाँ म्युजिक भिडियो चाँडै ल्याउन लागेको जानकारी दिए ।
