काठमाण्डौंः तिहारको छेकोमा गायक सुगम पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा पोखरेलकै स्वर, शब्द र संगीत छ ।
‘रमाइलो तिहार’ बोलेको गीतको भिडियो लिरिकल बनाइएको छ । लिरिकल भिडियोमा मखमली, गोदावरी फूल तथा झिलिमिली बत्ती र रंगीविरंगी मण्डप देख्न सकिन्छ । गायनमा सुगमलाई उनकै छोरी एन्जेलिजाले साथ दिएकी छन् ।
