काठमाण्डौः शम्भु खड्गीले नयाँ पुस्तालाई लक्षित गर्दै लोक–पप शैलीमा देउसी भैली गीत सार्वजनिक गरेका छन् ।
गीतमा शब्द अशोक शिवाकोटीको छ भने संगीत तथा स्वर शम्भु स्वयंको छ । म्युजिक भिडियोमा योगेन्द्र चौलागाईं, किशोर वसेल, पुष्पाञ्जली श्रेष्ठ, रमना श्रेष्ठ, केशब श्रेष्ठ, कृतिका श्रेष्ठ, प्रज्ना नेवाः, एन्भी काष्यप, लिली भट्टराई, इभोन गुरुङ, सबल खडगीलाई पनि देख्न सकिन्छ ।
