सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कात्तिक नाट्य महोत्सव बुधबारदेखि मञ्चन हुने

२०७८ कार्तिक २२, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः हरेक वर्ष पाटनको कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा मञ्चन गरिने ‘कात्तिक नाट्य महोत्सव’ यो वर्ष भने आउँदो बुधबारदेखि प्रदर्शन गरिने भएको छ । विसं १६९७ सालमा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । नाच प्रदर्शनका लागि धमाधम तयारी अघि बढिरहेको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस वर्ष हामीले मात्रै आठ दिन यो नृत्य मञ्चन गर्र्ने भएका छाँै ।” मुलुकमा अझै कोरोना महामारी पूर्णरुपमा न्यूनीकरण भइनसकेकाले बुधबारदेखि अर्काे बुधबारसम्म देखाउने योजना बनाइसकेको उहाँले जानकारी गराउनुभयो ।

सो नृत्य प्रदर्शनका लागि मञ्च बनाउने काम अन्तिम चरणमा पुगेको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “यो नाच संरक्षणका लागि गत वर्ष ललितपुर महानगरपालिकाले रु एक करोड सहयोग गर्ने घोषणा गरेबमोजिम रु ५० लाख दिइसकेको र बाँकी रकम यसैवर्ष प्रदान गर्ने जनाएको छ ।”

सो नाचलाई अझै व्यवस्थित बनाउन आफूहरुले पनि गत वर्ष कोष खडा गर्नका लागि रु १० लाख सहयोग गरिसकेको १६ नं वडाका अध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । भगवान् विष्णुको कथामा आधारित सो नाच मञ्चनका लागि एक महिनाअघिदेखि पाटन दरबार सङ्ग्रहालयभित्र तालिम दिइरहेको समितिका सचिव विजय तण्डुकारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष हामीले नृत्य मञ्चन गर्नका लागि इच्छुक व्यक्तिलाई उमेरको हदबन्दी लगाएका छैनाँै ।”

सो नाच विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवकारुपमा सम्पूर्ण नेपालीसामु रहन सफल भएको छ । ऐतिहासिक, सांस्कृतिक एवं तान्त्रिक मूल्य र मान्यता रहेको यो नाचको गरिमा आज पनि उतिकै छ । यस गरिमामय नाचको सर्जक स्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दिक्षा गुरु विश्वनाथ उपाध्यायलाई दिइन्छ । कात्तिक नाचको माध्यमद्वारा देशमा आउने विघ्नबाधा हटेर शान्त्ति र सुव्यवस्था कायम रहने विश्वास रहिआएको छ ।

सो नाचको थालनीले सुरुआती चरणदेखि नै जनतालाई एउटै सुत्रमा बाँधेर मनोरञ्जन दिनाका साथै धार्मिक, नैतिक र सामाजिक ज्ञानसमेत प्रदान गर्ने जनाइएको छ । कात्तिक नाच प्रथम पटक पाँच दिन प्रदर्शनी भएको थियो । सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लको पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिनसम्म सञ्चालन गरिएको जानकारहरू बताउँछन् ।

यसैगरी श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेका कुरा पनि सुन्नमा पनि आउँछ । मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्काे दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको थियो । यो ललितपुरको मात्र नभई सिङ्गो मुलुककै राष्ट्रिय अमूर्त सम्पदाका साथै परम्परागत सांस्कृतिक जगेर्ना गर्ने माध्यम पनि बनिरहेको छ ।

कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । सत्ताइस दिनसम्म यो नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन हुनु ठूलो विशेषता रहेको छ । कोरोना महामारी आउनुअघि मुलुककै लामो नाट्य महोत्सव हेर्न स्वदेशीका साथै विदेशी मुलुकका थुप्रै मानिस पाटन आउँथे । हिन्दूका साथै बौद्ध धर्मावलम्बीका लागि पनि अति नै महत्वपूर्ण सो नाट्य महोत्सव यस वर्ष भने केहीमात्रामा कोभिड महामारी घटेकाले दरबार क्षेत्रभित्र इच्छुकलाई प्रवेश गराई हेर्न दिइने भएको अध्यक्ष चित्रकारले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन