सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कात्तिकमा ७० लाखको सामान बरामद

२०८३ मंग्सिर ५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वीरगन्ज (पर्सा), ५ मङ्सिरः प्रहरीले कात्तिक महिनामा रु ७० लाख ७० हजार बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणका क्रममा उक्त सामान बरामद गरिएको हो ।

त्यसैगरी, प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रणका क्रममा बालुवा, ढुङ्गा तथा गिट्टी ओसारपसारमा प्रयोग भएका १० वटा ट्र्याक्टर नियन्त्रणमा लिएर रु ५० हजार जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत छ हजार २६३ लिटर तयारी मदिरा र छ हजार ३८० लिटर कच्चा पदार्थ बरामद गर्नुका साथै सोही क्रममा ११ जना पक्राउ परेका छन् । अवैध वन पैदावार नियन्त्रणतर्फ १० वटा सवारीसाधन नियन्त्रणमा लिई ३९ क्युबिक काठ बरामद गरिएको छ । यसबाट रु एक लाख ९५ हजार राजस्व तथा जरिवाना प्राप्त भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

कात्तिक महिनामा पर्सा जिल्लामा ३७ सवारीसाधन दुर्घटना भएका थिए । सो क्रममा दुर्घटनामा परी दुई जनाको मृत्यु भएको थियो भने २८ जना घाइते भएका थिए । यस्तै ट्राफिक नियम उल्लङ्घन गर्ने ९४१ सवारीसाधनका चालकलाई कारबाही गरी रु १० लाख ८७ हजार राजस्व सङ्कलन गरिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

भोटेकोशी बाढीपीडितलाई नगद राहत

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन

‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

ध्वनि प्रदूषण फैलाउने एक हजारभन्दा बढी मोटरसाइकल कारबाहीमा

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउन सरकारले सक्रियता बढाउँदै

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति