काठमाण्डौंः स्कटल्यान्डमा जारी राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) कार्यक्रममा आज नेपाली हिमालय पर्वतमा जलवायु संकटले पारेको असरबारे चित्रण गर्ने फिल्म प्रिमियर गरिएको छ ।
‘दिगो पर्वत : संसारकै अग्लो ठाउँबाट जलवायु समाधान’ नामक १ घण्टा लामो फिल्मलाई स्मृति बस्नेत र सशांक श्रेष्ठले निर्देशन गरेका हुन् । लिसा छोगल र दावा स्टिभन शेर्पा यसका निर्माता हुन् ।
