काठमाण्डौंः गायक शिव परियारको स्वरमा रेकर्ड भएको गजल ‘जितेर पनि हारमा छु…’ को फिमेल भर्सनको म्युजिक भिडियो बिहिबार सार्वजनिक भएको छ ।
गायक परिवारको स्वरको उक्त गजल सार्वजनिक भएको साढे तीन वर्षपछि गायिका अञ्जु पन्तको स्वरमा उक्त गजलको फिमेल भर्सन सार्वजनिक भएको हो ।
अञ्जु पन्तको स्वरमा ‘जितेर पनि हारमा छु…’ शीर्षकको गजलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुरेश वाग्लेद्वारा रचना गरिएको उक्त गजललाई हरि लम्सालले संगीतबद्ध गरेका हुन् ।
