सदाबहार खबरको रफ्तार ....
बैसाख १३, २०८१ बिहिबार
April 25, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘कौन बनेगा करोडपति-१३’ मा नेपालका प्रधानमन्त्री सम्बन्धित जिज्ञासा !

२०७८ मंग्सिर २१, मंगलबार

काठमाण्डौंः भारतीय टेलिभिजनबाट प्रसारण भैरहेको लोकप्रिय कार्यक्रम हो– ‘कौन बनेगा करोडपति–१३’ ।

यो कार्यक्रमको पछिल्लो श्रृंखलामा कार्यक्रम प्रस्तोता बलिउडका महानायक अमिताभ बच्चनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासंग सम्बन्धित एउटा जिज्ञासा सोधेका छन् ।

टिकटक लगायतका सामाजिक सञ्जालमा भाइरल भैरहेको नेपालका प्रधानमन्त्रीसंग सम्बन्धित उक्त प्रश्न अमिताभ बच्चनले प्रतियोगितामा खेलाडीको रुपमा सहभागि भएका आफ्नै छोरी श्वेता तथा नातिनि नब्या नबेलीलाई सोधेका हुन् ।

कार्यक्रमको उत्तराद्र्धमा १२ लाख ५० हजार भारतीय रुपैयाँका लागि अमिताभले श्वेता र नब्यालाई प्रधानमन्त्री देउवासंग सम्बन्धित प्रश्न सोधे । प्रतियोगिताको १२ औं प्रश्न थियो–‘शेरबहादुर देउवा जुलाई, २०२१ मा पाँचौं पटक कुन देशका प्रधानमन्त्री बनेका थिए ?’

प्रश्नको जवाफका लागि चार वटा विकल्पहरु दिइएका थिए–फिजी, नेपाल, थाइल्याण्ड तथा एन्टिगुवा एण्ड बार्डुबा । प्रश्न सुनेपछि श्वेता र नब्या फिजी तथा नेपालमा धेरै समयसम्म अल्मलिए ।

यद्यपि, नातिनीले ‘नेपाल’ कै लागि जोड दिइन्, श्वेता भने फिजी भनिरहेकी थिइन् । नब्याले शेरबहादुर देउवा नेपालकै प्रधानमन्त्री भएको अडान लिएपछि आमा पनि छाेरीप्रति सहमत हुँदै संयुक्त रुपमा जवाफ दिएपछि १२ लाख ५० हजार भारु जितेका हुन् ।

लगत्तै अमिताभ बच्चनले सही जवाफ भनेपछि आमा–छोरी हर्षित भएका थिए । कार्यक्रममा जितेको रकम च्यारिटीलाई हस्तान्तरण गर्ने बताएका छन् । कलाकर्मीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अनमोलको ‘फर्की फर्की’ ट्रेलर दुई दिनमा नै २२ लाख पटक हेरियो

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

दयाको जन्मदिनमा `डिग्री माईला` को शिर्ष गीत

यस्तो छ भन्सालीको वेब सिरिज ‘हीरामन्डी’ को ट्रेलर (भिडिओ)

डिग्री माइलाको गीत सार्बजनिक

सौगात र विपिन अभिनित फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

प्रतिनिधिसभा बैठक जारी [लाइभ]

गायक अर्जुन कुँवरको नयाँ गीतमा अन्तरजातीय प्रेमको कुरा (भिडियोसहित)

गायिका जेनिशा गौतमको स्वरमा ‘गाजल’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

नेपाली ट्यालेन्ट प्रजिनासँगको सहकार्यमा बादशाहले ल्याए गीत

आलोकश्रीले सार्वजनिक गरे ‘मेरो मुस्कान’

अन्नु चौधरीको ‘वाचा’ गीत सार्वजनिक (भिडिओ)