सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पूर्वगभर्नर नेपालको ‘बीपी कोइरालाको आर्थिक विचार’ पुस्तक लोकार्पण

२०७८ मंग्सिर २२, बुधबार

काठमाण्डौंः पूर्वगर्भनर डा. चिरञ्जीवी नेपालद्वारा लिखित पुस्तक ‘बिपी कोइरालाको आर्थिक विचार’ सार्वजनिक भएको छ ।

डा. नेपालले पुस्तकमा आफूलाई बीपीले भनेका आर्थिक उन्नतिका तथा आर्थिक सोच र विचार पुस्तकमा उल्लेख गरे । पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पूर्वगर्भनर नेपालले नेपाली कांग्रेसले २०४८ सालयता आर्थिक र प्रजातान्त्रिक दृष्टिकोण दिन नसकेको बताएका छन ।

उनले विश्वमै ख्याती कमाएका नेता विश्वेश्वरप्रसाद कोइरालाले स्थापना गरेको पार्टीमा कुनै विचार नै नहुनु राम्रो नहुने बताए । डा. नेपालले बीपीको दूरदृष्टि र स्पष्ट विचार बोकेर हिँडेको पार्टी आज तानाशाही र कम्युनिस्टभन्दा फरक बन्न नसक्नु चिन्ताको विषय भएको बताए ।

कुन रूपमा आर्थिक दृष्टिकोणमा, प्रजातान्त्रिक दृष्टिकोणमा कसरी फरक भनेर हिजोको दिनमा विश्वेश्वरप्रसाद कोईरालाले त्यसरी स्पष्ट देखाएर हिँडेको पार्टी आज हामी कम्युनिस्टभन्दा पनि फरक हुन सकेनौँ । तानाशाहीभन्दा पनि फरक हुन सकेनौँ । झनै फलो गर्दै उनीहरूको काम गर्दै गयौँ । पार्टीमा नयाँ जेनेरेशन आउँदैछ, यसले ठूलो अन्याय हुन्छ । विश्वमै चर्चित सोच भएर ख्याति कमाएको मानिसले सिर्जना गरेको पार्टीमा अहिले विचारै छैन । न आर्थिक विचार छ न प्रजातान्त्रिक विचार’ उनले भने ।

कार्यक्रममा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नै खुट्टामा उभिनसक्ने राजनीतिक कार्यकर्ता नभएसम्म सही नेता नजन्मिने बताए । उनले पुस्तकमा भनेका बीपीका कुरा अहिले पनि उत्तिकै समय सान्दर्भिक रहेको बताए । सांसद चौधरीले राजनीति पेशा नभइ सेवा गर्ने माध्यम हो भन्ने बीपीको भनाइ आज पनि उत्तिकै सान्दर्भीक भएको बताए ।

‘विश्वले चिनेको त्यो स्केलको राजनीतिज्ञ नेपालमा कहिल्यै पनि जन्मिएन । भविष्यको बारेमा भन्न कठिन छ । उनले भनेका के कुरामा मलाई अझ पनि सान्दर्भिकता लाग्छ भने राजनीतिक भनेको प्रोफेशन होइन । राजनीति भनेको सेवा गर्ने माध्यम हो,’ उनले भने ।

सांसद चौधरीले बीपीजस्तो दूरदर्शी नेता नेपालमा अहिलेसम्म पनि जन्मिन नसकेको बताए । फरकधारबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सहिद सप्ताहको चौथो दिनः सहिद धर्मभक्त माथेमाको सम्झना

गोविन्द वर्तमानको कविता संग्रह प्रकाशन हुँदै

प्रमुख ६ भाषाको गायन रियालिटी शो

विमोचन भयो पलाँस

श्यामसुन्दर शर्माको “स्क्वायर वान” कथा संग्रह बजारमा

चलचित्रले बोक्ने खास उद्देश्यको समन्वयकर्ता ‘लव प्याकुरेल’

डा बराललाई र गुरुङलाई सम्मान र पुरस्कार

गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार श्रेष्ठ र भण्डारीलाई

‘बौद्ध दर्शन र माक्र्सवाद’ विषयक परिचर्चा सहित कविगोष्ठी

‘श्वेत पर्वत’ लोकार्पण

पुस्तक समीक्षाः शिक्षक आन्दोलनका मिथकीय व्यक्तित्वको कथा

काव्य शृङ्खलामा पृथ्वीनारायण शाहको सम्झना