काठमाण्डौंः अमेरिकाको इन्टरनेसनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुई वटा पुरस्कार जितेको ‘कठपुतली’ को ट्रेलर सार्वजनिक भएको छ। बुधवार राजधानीमा कार्यक्रम आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो।
कठपुतलीमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइरालालगायत कलाकारको अभिनय छ।
