सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

संकटा र पुलिस तथा जावलाखेल र ब्रिगेड भिड्दै

२०७८ मंग्सिर २७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमडौंः सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको चौथो चरणको अन्तिम दिन दुई खेल साेमबार हुँदै छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सोमबार हुने पहिलो खेलमा संकटा क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । खेल दिउँसो १ बजे हुनेछ । संकटा र पुलिस दुबै दोस्रो जितको खोजीमा हुनेछन् । यसअघिका तीन खेलमा दुबै टोलीले दुई बराबर र एक खेलमा जित निकालेका छन् ।

जारी लिगमा औसत प्रदर्शन गरेका दुबै टोली एक अर्काविरुद्ध जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छन् । संकटा तीन खेलमा पाँच अंक जोडेर छैटौं स्थानमा छ । पुलिस पाँच अंक जोडेर सातौं स्थानमा छ ।

दोस्रो खेलमा ललितपुर डर्वी अन्तर्गत जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ । खेल अपरान्ह ४ः४५ बजे हुनेछ ।

जारी लिगमा खराब प्रदर्शनपछि अंकतालिकाकाे पुछारमा रहेको जावलाखेल पहिलो अंक र जितको खोजीमा हुनेछ । यता, बीबीसी भने दोस्रो जितको खोजीमा छ ।

जारी लिगमा तुलात्मक रूपमा जावलाखेल बलियो देखिए पनि स्कोर निस्कन नसक्दा आफ्नो लय समात्न सकेको छैन।

यता, युवा खेलाडीको साथ पाएको बीबीसी भने एक खेल जितेर एक बराबरी खेल्दा उच्च मनोबलमा छ । यद्यपि, टोलीलाई जावलाखेलविरुद्धको खेल सहज हुनेछैन ।

१४ क्लब सहभागीता शीर्ष डिभिजनको लिगमा अंकविहीन रहँदै जावलाखेल पुछारमा छ । बीबीसी भने चार अंक जोडेर नवौं स्थानमा छ । जारी लिगमा समान १० अंक भए पनि मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरमा पछि पार्दै साविक विजेता मछिन्द्र शीर्षस्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान