सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपाल लाइफको संस्थापक सेयर बिक्रीमा

२०७८ मंग्सिर २७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल लाइफ इन्स्योरेन्सका संस्थापकले सेयर बिक्री गर्ने भएका छन् । कम्पनीका संस्थापक सेयरधनीहरू अशोक कुमार अग्रवाल र प्रुडेन्सियल क्यापिटल मेनेजमेन्टको नाममा रहेको दुई लाख १३ हजार एक सय कित्ता सेयर बिक्रीमा ल्याएको कम्पनीले सोमबार एक सूचना प्रकाशित गरी जनाएको छ ।

कम्पनीको संस्थापक सेयरधनीहरू अशोक कुमार अग्रवाल र प्रुडेन्सियल क्यापिटल मेनेजमेन्टको नाममा रहेको सेयर बिक्रीमा आएको हो । कम्पनीको संस्थापक सेयरधनी अशोककुमार अग्रवालको १३ हजार १०० कित्ता र प्रुडेन्सियल क्यापिटलको दुई लाख कित्ता सेयर बिक्रि गर्ने सूचनामा जनाएको छ ।

सो सेयर खरिद गर्नका लागि संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका २०७७ को निर्देशन नं. ११ बमोजिम सुरुमा संस्थाका संस्थापक सेयरधनीले खरिद गर्नपर्ने हुन्छ । संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेमा सर्वसाधारणले उक्त सेयर खरिद गर्न सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरेर कम्पनीको केन्द्रीय कार्यालय, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन दिन पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

तरकारीखेतीबाट वार्षिक २५ लाख आम्दानी

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी

सुनचाँदीको मूल्य घट्यो,कारोबार कत्तिमा हुदैछ

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक