काठमाण्डौंः चलचित्र निर्देशक एवं अभिनेता माओत्से गुरुङ धेरैपछि म्युजिक भिडियोमा देखिएका छन् । रामहरी खड्काको शब्द रचना, निरोज लामाको संगीत, स्वर र एरेन्ज रहेको गीत ‘दोधारे’को भिडियोमा माओत्से गुरुङ, रामहरी खड्का र अशिमा बस्नेतको अभिनय रहेको छ ।
गत शनिबार पोखरामा एक कार्यक्रम गरी ’दोधारे’को भिडियोलाई सार्वजनिक गरिएको हो । धेरै जसो रिलिजका कार्यक्रम काठमाडौंमा मात्रै सीमित रहने गरेकोमा यो भिडियोलाइ भने पोखरेलीको माया जित्न पोखरामा प्रिमयर गरिएको यसका निर्माण पक्षले जानकारी दिएको छ । भिडियोलाई रोनिस एण्ड ड्याड (RONIS & DAD)को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
