काठमाण्डौंः गायक कृष्ण काफ्ले र गायिका समीक्षा अधिकारीको आवाज रहेको गीत ‘चोलीको तुना’ सार्वजनिक गरिएको छ। गीतको रचना साथै लय सिर्जना गायक काफ्ले र राजन कार्कीले गरेका हुन्। श्यामश्वेत रसाइलीको सङ्गीत संयोजन गीतमा समावेश छ।
सार्वजनिक उक्त भिडियोमा अहिलेको चल्तीकी मोडेल गरिमा शर्मा फिचर्ड छिन्। साथै उनलाई अभिनयमा रोशन केसीले साथ दिएका छन्। रोशनको यो डेब्यु म्युजिक भिडियो हो।
