शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौं: नेपाली बजारमा सुन चाँदीको मूल्य ओरालो लागेको छ ।
बुधबार बजारमा सुन तोलाको ७४ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदि व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुन ५ सय रुपैयाँले घटेको हो ।
तेजावी सुन तोलामा ७४ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने चाँदी तोलाको ८८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।
