सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

झम्क तिमल्सिनाको पहिलो उपन्यास ‘अन्धकूप’ सार्वजनिक

२०७८ पुष २४, शनिबार

काठमाण्डौः कृषि विकास बैंक कानुन विभागमा कार्यरत कानुन अधिकृत झम्क तिमल्सिनाको पहिलो उपन्यास ‘अन्धकूप’ सार्वजनिक गरिएको छ ।

नेपाली उपन्यास लेखन परम्परामा नयाँ धारबाट लेखिएको उपन्यास आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभाग प्रमुख कथाकार माया ठकुरीले लोकार्पण गर्नुभएको हो । पैरवी बुक हाउस प्रालिले प्रकाशन गरेको उपन्यासले अन्धकारभित्र उज्यालोको खोजी गरेको छ ।

लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै कथाकार ठकुरीले आजको युवा पुस्ताको दिमाग झक्झक्याउने कृतिका रुपमा ‘अन्धकूप’ पाठकमाझ आएको बताउनुभयो । विद्यार्थी र युवापुस्ताले पढ्नैपर्ने पुस्तकले खाडी मुलुकमा जानेले जति देशका लागि योगदान अन्य मुलुकमा जानेले गर्न नसकेका जस्ता विषय उजागर गरिएको उहाँले सुनाउनुभयो ।

कृषि विकास बंैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कला साहित्य क्षेत्रमा विगतदेखि नै बैंकमा कार्यरत कर्मचारीले योगदान दिँदै आएको बताउनुभयो । शैलेन्द्र साकार, कृष्ण धरावासी, शक्तिवल्लभ, अनिल पौडेलजस्ता साहित्यकारले बैंकमा कार्यरत रहेरै पनि नेपाली साहित्यमा महत्वपूण भूमिका निर्वाह गर्नुभएको उहाँले सुनाउनुभयो ।

उपन्यासमाथि समीक्षा गर्दै समालोचक महेश पौडेलले नयाँ धारको उपन्यास लेख्ने आँट लेखकले गरेर पाठकलाई फरक स्वाद दिनुभएको बताउनुभयो । बैंकिङ क्षेत्रमा काम गर्ने धेरै नेपाली साहित्यमा आउन थालेकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।

समालोचक डा अशोक थापाले नयाँ पृथ्वीको खोजीमा उपन्यासले फरक विषयवस्तु उठान गरेको बताउनुभयो । नयाँ पृथ्वीका लागि व्यक्तिभित्र रहने आस्था एवं विश्वास भने अवरोधका रुपमा रहने यथार्थलाई उपन्यासले बाहिर ल्याएको उहाँको मन्तव्य थियो ।

लेखक तिमल्सिनाले नेपाली समाजमै देखिने विषयवस्तुलाई आफूले औपन्यासिक रुप दिएको उल्लेख गर्नुभयो । कार्यक्रममा पैरवी बुक हाउसका अध्यक्ष चन्द्र शिवाकोटीले समाजप्रति उत्तरदायी कृतिलाई पाठकले मन पराउने गरेको बताउनुभयो । दुई सय ५१ पृष्ठको पुस्तकको मूल्य रु ४७५ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सहिद सप्ताहको चौथो दिनः सहिद धर्मभक्त माथेमाको सम्झना

गोविन्द वर्तमानको कविता संग्रह प्रकाशन हुँदै

प्रमुख ६ भाषाको गायन रियालिटी शो

विमोचन भयो पलाँस

श्यामसुन्दर शर्माको “स्क्वायर वान” कथा संग्रह बजारमा

चलचित्रले बोक्ने खास उद्देश्यको समन्वयकर्ता ‘लव प्याकुरेल’

डा बराललाई र गुरुङलाई सम्मान र पुरस्कार

गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार श्रेष्ठ र भण्डारीलाई

‘बौद्ध दर्शन र माक्र्सवाद’ विषयक परिचर्चा सहित कविगोष्ठी

‘श्वेत पर्वत’ लोकार्पण

पुस्तक समीक्षाः शिक्षक आन्दोलनका मिथकीय व्यक्तित्वको कथा

काव्य शृङ्खलामा पृथ्वीनारायण शाहको सम्झना