काठमाण्डौः पल शाह अभिनित थारु गीत ‘ओ सजन २’को म्युजिक भिडियो सार्वजनिक भएको छ। तीन महिना अगाडि सार्वजनिक भएको ओ सजनको सफलतापछि सिक्वेलको रुपमा ओ सजन २ ल्याएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
भिडियो पल शाहको हिरोइनको रुपमा कविता रायले अभिनय गरेकी छन्। यही जोडीले अभिनय गरेको पहिलो गीतलाई ३१ लाख बढीले हेरेका छन्। गीतमा नरेश जोगीको शब्द संगीत रहेको छ भने नरेश र अन्नु चौधरीको स्वर रहेको छ। गीतमा गणेश चौधरीले संगीत संयोजन गरेका छन्। गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन्।
