काठमाण्डौः बलिउड फिल्म बधाई हो को फ्रेन्चाइज फिल्म बधाई दो को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा राजकुमार राव र भूमि पेडनेकरको अभिनय रहेको छ। फिल्ममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा हुने घटनाक्रमलाई देखाइएको छ।
हर्षवर्धन कुलकर्नीद्वारा निर्देशित फिल्म फुब्रअरी ११ मा रिलिज हुने बताइएको छ। यसअघि बधाई हो मा आयुषमान खुराना, निरज गुप्ता, गजराज राव, सुरेखा सिक्रीलगातले अभिनय गरेका थिए।
