काठमाण्डौः ‘उ जितेर गई या हारेर गई’ गीतका गायक राज सिग्देलको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । विनम खत्रीका शब्द सिर्जना रहेको गीतमा मन राज गुरुङको संगीत रहेको ‘उस्को याद’मा राजु कार्कीको एरेन्ज रहेको छ ।
लामो समयदेखि प्रेममा रहेका जोडीको ब्रेकअप र प्रेममा आएको उतार–चढावपछि प्रेमीले भोगेका परिस्थितिलाई भिडियोमा निर्देशक मन राज प्ल्हेमे गुरुङले कलात्मक शैलीले देखाएका छन् ।
