काठमाण्डौः हास्य टेलिश्रृंखला ‘हर्के हल्लार’ युट्युब ट्रेन्डिङमा आएको छ । दुईदिन अगाडि युट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको यो टेलिश्रृंखला अहिले दुई नम्बरमा छ ।
कान्तिपुर टेलिभिजनको युट्युब च्यानलबाट अपलोड भएको यो टेलिश्रृंखला ५३३ भागमा आइपुग्दा पहिलोपटक युट्युब ट्रेन्डिङको एक नम्बरमा पुग्न सफल भएको हो ।
