सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बिपाशा र करण ‘द कपिल शर्मा शो’को भ्यालेन्टाइन डे स्पेसल एपिसोडमा (भिडिओ)

२०७८ माघ २७, बिहिबार

काठमाण्डौः बलिउड अभिनेत्री बिपाशा बसु र अभिनेता करण सिंह ग्रोबर ‘द कपिल शर्मा शो’ को भ्यालेन्टाइन डे स्पेसल एपिसोडमा देखिने भएका छन्। हालै, निर्माताहरूले शोको एक प्रोमो जारी गरेका छन्, जसमा कपिल जोडीलाई स्वागत गर्न ‘जाडु है नशा’ गीत गाउँदै देखिएका छन्। यससँगै कपिलले करण र बिपाशालाई विवाहको साइड इफेक्ट के हो भनेर पनि सोधेका छन्। र, उनले उनीहरूको फिटनेसबारे ठट्टा पनि गरेका छन्।

बिपाशाले करणलाई गाली गर्छिन् 
भिडिओमा कपिलले भनेका छन्, ‘अक्सर मानिसहरू विवाहको साइड इफेक्टबारे सोध्छन्, करण र बिपाशा तपाईंहरू बताइदिनुस् कि विवाहको साइड इफेक्ट के हुन्छ?’

त्यसपछि अर्चना पूरन सिंह सोध्छिन्, ‘झगडा के विषयमा हुन्छ?’ जवाफ दिँदै करण भन्छन्, ‘जब मैले गल्ती गरेको छु, हरेक पटक फरकफरक गल्ती गर्छु।’ यो सुनेर सबै हाँस्न थाल्छन्। बिपाशा भन्छिन्, ‘म झगडा गर्दिनँ।’ यसमा करण भन्छन्, ‘हो, उनी झगडा गर्दिनन्, गाली मात्र गर्छिन्!’

बिपाशा र करणलाई फिटनेसबारे कपिलले खिल्ली उडाए

कपिलले बिपाशा र करणको फिटनेस फ्रिकको मजाक पनि उडाए। कपिलले भने, ‘तपाईं १० वर्षअघि जति क्युट देखिनुहुन्थ्यो, ५ वर्षअघि जति क्युट देखिनुहुन्थ्यो, त्यति नै फिट देखिँदै हुनुहुन्छ। यी तिनै व्यक्ति हुन्, जसले आफ्नो हनिमुनमा दूधको सट्टा प्रोटिन शेक पिउने गर्छन्।’

 

प्रोमो सेयर गर्दै निर्माताले लेखेका छन्, ‘विवाहपछि पुरुषले गल्ती गर्दैन, उसबाट गल्ती हुन्छ।’

हेर्नुहोस् प्रोमो–

करण र बिपाशा सन् २०१५ देखि एकअर्कालाई चिन्छन्
करण र बिपाशाको कुरा गर्ने हो भने दुवैले सन् २०१५ को फिल्म अलोनमा सँगै काम गरेका थिए। सँगै काम गर्दा दुवैको नाम जोडिन थाल्यो। रिपोर्टअनुसार सुरुमा फिल्मको प्रमोसनका लागि अफेयरको रणनीति बनाइएको बताइएको छ तर त्यसपछि पनि दुवैले एकअर्कालाई डेट गर्दै सँगै समय बिताउन थाले। यति मात्र होइन, बिपाशाले करणको जन्मदिनका अवसरमा गोवाको सरप्राइज ट्रिप पनि बनाएकी थिइन्। नेपालखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)