काठमाण्डौः नायक दयाहाङ राई र नायिका नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बरदान’ युट्युबबाट रिलिज गरिएको छ । करिब २५ मिनेट लामो यो चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत छ ।
गज्जबको टीभीबाट सार्वजनिक गरिएको यो चलचित्रले पारिवारिक समस्या, त्यसले निम्त्याउने डर, डिप्रेशनको कथालाई प्रस्तुत गरेको छ ।
