काठमाण्डौः अभिनेता खगेन्द्र लामिछाने मुख्य भूमिकामा रहेको नेपाली फिल्म ‘डमरुको डण्डिबियो’ युट्युबमा रिलिज भएको छ। लामिछानेसँगै फिल्ममा अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ, अंकित खड्का, लक्ष्मि बर्देवालगायतका कलाकारको अभिनय रहेको छ।
फिल्लमा खगेन्द्रसँगै मेनुका प्रधान मालाको भूमिकामा छिन्। त्यस्तै, बुद्धि तामाङ्ग ‘मुखिया’, अनुप बराल ‘योगेन्द्र’, लक्ष्मी बर्देवा ‘निर्मला’, आशान्त शर्मा ‘काशिराम’को भूमिकामा देखिएका छन्।
शुक्रबार युट्युबमा रिलिज भएको फिल्म अहिले युट्युबको ट्रेण्डिङमा पुगेको छ।
