काठमाण्डौः यही फागुन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतिक्षीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ को टिमले प्रचार-प्रसारलाई आक्रामक बनाउन थालेको छ । केही दिनदेखि हलको माहोल बुझ्न राजधानीका विभिन्न हलहरुमा पुगेको फिल्मको टिमले बुधवार थारु भाषाको प्रमोशनल गीत सार्वजनिक गरेको छ । निर्माण टिमले नेवारी भाषामा पनि एउटा प्रमोशनल गीत तयार पारेको छ ।
