काठमाण्डौः गत आइतबार सार्वजनिक ‘हजुर मुसुक्कै’ बोलको गीतको भिडियोमा भने ३५ लाख रुपैयाँभन्दा बढी लगानी गरिएको छ । सम्भवतः यो एउटै म्युजिक भिडियोमा गरिएको हालसम्मकै महंगो लगानी हुनसक्छ ।
जीबी आग्रीको कथा तथा निर्देशनमा तयार भिडियोमा अभिनेता राजेश हमाल, अभिनेत्री निरुता सिंहको शीर्ष भूमिका छन् । त्यस्तै प्रिन्स विश्वकर्मा, प्रियना आचार्य, सुरवीर पण्डित लगायतको भिडियोमा अभिनय हेर्न सकिन्छ ।
