काठमाण्डौः एमसिसी संसदमा पेश गर्नै नहुने अडानमा रहेको नेकपा माओवादी लचिलो भएसँगै गठबन्धनले आइतबारको संसद बैठकमा एमसिसी टेबुल गर्ने निर्णय गरेको छ ।
आइतबार गठबन्धनको बालुवाटारमा बैठक सकिए लगत्तै माओवादी अध्यक्ष प्रचण्ड गाडी चढेर सिधै बानेश्वर पुगेको र पुनः उनी त्यहाँ केहीबेर सभामुख सापकोटासँग छलफल गरेर निस्किएको बताईएको छ।
प्रचण्ड निस्किएपछि सभामुख सापकोटाले कार्यव्यवस्था समितिको बैठक सुरु गरेका छन् । प्रचण्डले गठबन्धनको निर्णय अनुसारको सन्देश सभामुख सापकोटालाई प्रवाह गरेपछि उनले सोही अनुसार कार्यव्यवस्था समितिको बैठक सुरु गरेका हुन् ।
