सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कुहिरो र सूर्योदय हेर्न मानुङकोट

२०८३ मंग्सिर ६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दमौली (तनहुँ), ६ मङ्सिरः चिसो मौसमसँगै कुहिरो र सूर्योदयको दृश्य हेर्न तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानुङकोटमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ ।

बिहानको समयमा देखिने कुहिरोले ढपक्क ढाकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्नका लागि यतिबेला मानुङकोटमा दैनिक पर्यटकको चहलपहल निकै बढेको हो । प्राकृतिक सौन्दर्य, मनोरम दृश्य र बिहान देखिने कुहिरोको आकर्षणका कारण मानुङकोट पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

पछिल्लो समय मौसम चिसो हुन थालेसँगै यहाँको वातावरण थप रमणीय बनेको छ । विशेषगरी बिहानको समयमा डाँडाबाट देखिने कुहिरो र वरपरका पहाडी दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो । उहाँले दैनिक तीन÷चार सय पर्यटक मानुङकोट पुगेर दृश्यावलोकन गर्ने गरेको बताउनुभयो । उहाँका अनुसार कतिपय पर्यटक अघिल्लो रात मानुङकोटमा बिताएर बिहान दृश्य हेरेर फर्किने गरेका छन् ।

स्थानीय व्यवसायी शैलेश सुनामका अनुसार पर्यटकको आगमन बढेसँगै स्थानीय व्यवसायमा पनि चहलपहल बढेको छ । पर्यटकको उपस्थितिले स्थानीय होटल तथा अन्य व्यवसायलाई लाभ पुग्ने उहाँले बताउनुभयो । मानुङकोटबाट देखिने कुहिरो र सूर्योदयले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गरेको छ । त्यहाँबाट धौलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिनेछ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भौगर्भिक सम्मेलनद्वारा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड

प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

‘प्रकृति संरक्षणको नेतृत्व स्थानीय नागरिकले नै गर्नुपर्छ’

एनपिएलका आठवटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जादैँ

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित

सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँः मुख्यमन्त्री भट्ट

विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’