सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘प्रेम दिवस’ कसरी पास गर्ने प्रेमका ८ परीक्षा ?

२०७६ माघ २३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौँ: अंग्रेजी वर्षको फेब्रुअरी महिना प्रेमी जोडीहरुको लागि खास हुने गर्दछ । माया गर्नेहरुको लागि फेब्रुअरी महिनाको दोश्रो सप्ताहमा एक खास प्रकारको परीक्षा  नै शुरु हुन्छ, जुन हरेक प्रेमीले आफ्नो प्रेमिकाको लागि दिनु पर्ने हुन्छ ।

कतिपय मानिस यस परीक्षाको समयमा उत्साहित हुन्छन् भने कोहि निकै व्याकुल पनि हुन्छन् । वास्तवमा सात दिन सम्म यस परिक्षाको हरेक पेपर उतिर्ण गर्नुपर्ने हुन्छ । सबै भन्दा महत्वपुर्ण भनेको यस परीक्षाको समयमा छल गरेको फेला परेमा कडा सजाय पनि हुन सक्छ । प्रेमको परिक्षामा राम्रोसंग तयार हुन बनाईएको रुटिन,  कुन दिन कुनको परीक्षा ?

पहिलो परिक्षा (रोज डे )

Rose Day

फेब्रुअरी महिनाको सात तारीखबाट शुरू हुने यस पहिलो परीक्षाको पहिलो दिन रोज डे को नामले प्रख्यात छ । यसको शुरुवात गुलाबको बास्ना र सुन्दरताको साथमा हुन्छ । यस दिन प्रेमी जोडी एक-अर्कालाई रातो गुलाबको फुल दिएर आफ्नो प्रेम व्यक्त गर्छन् । यदि कोहि मन परेको छ र आफ्नो मनको भाव व्यक्त गर्न सकिएको छैन भने यस दिन गुलाबको फुल द्वारा आफ्नो सबै कुरा भन्न सकिन्छ ।

दोश्रो परिक्षा (प्रपोज डे)

Propose Day

फेब्रुअरी आठ को दिन प्रपोज डे मनाउने गर्द्छन् । यदि कुनै व्यक्तिसंग अथाह माया छ र उसलाई यो कुरा व्यक्त गर्न मन छ भने यस दिन प्रपोज गर्दा राम्रो हुन्छ । पहिला नै कसैलाई प्रपोज गरिएको छ भने वा रिलेशनशिपमा भएका जोडीहरुको लागि यो दिन रोमान्टिक डेट जाँदा हुन्छ ।

तेश्रो परिक्षा (चकलेट डे)

Chocolate Day

पछिल्लो दुई सय वर्ष देखि चकलेट मानिसको जीवनको महत्वपुर्ण अंग बनिसकेको छ । तनाब कम गर्न र अरुलाई आफ्नो माया देखाउन वा प्रेम व्यक्त गर्न विभिन्न बहानामा चकलेट को प्रयोग हुँदै आएको छ । प्रेमको परिक्षाको तेश्रो दिन, मतलब नौ फेब्रुअरी लाई चकलेट डे भनेर मनाइन्छ । यस दिन प्रेमी जोडीहरु एक-अर्कालाई चकलेट दिने गर्दछन् ताकि जिन्दगिमा चकलेट जस्तै मिठास बनी रहोस् ।

चौथो परिषा (टेडी डे)

Teddy Day

टेडी बियर जस्तै मानिसको मन पनि कमजोर र संवेदनशील हुन्छ । मनको कोमलताको अनुभव प्रदान गर्नको लागि चौथो दिन मतलब १० फेब्रुअरी मा टेडी बियर गिफ्ट गर्दछन् । केटीहरुलाई यो स्टफ्ड खेलौना निकै मन पर्ने हुन्छ । टेडीलाई अंकमाल गरेर सुत्न र त्यस संग कुरा गर्न युवतीहरु निकै खुशी हुन्छन् ।

पाँचौ परिक्षा (प्रमिस डे)

प्रेम गर्न जति सजिलो हुन्छ त्यो भन्दा गार्हो यसलाई सम्हाल्न हुने गर्दछ । फेब्रुअरीमा चल्ने परीक्षाको पाँचौ दिन मतलब ११ तारिखमा प्रमिस डे पर्दछ । यस दिन प्रेमी जोडी एक-अर्कासंग जिन्दगी भरको लागि विशेष कसम खाने गर्दछन् ।

छैठौं परिक्षा (हग डे)

१२ फेब्रुअरीको दिन ‘हग डे’  मनाइन्छ । यो एक आपसमा अंकमाल गरेर प्रेम व्यक्त गर्ने दिन हो । उक्त दिनको विशेषता भनेको अंकमालको बहानामा आफ्नो पार्टनरले कति माया गर्छ र उसको मनमा आफु प्रति कस्तो भावना छ भन्ने जान्नको लागि सजिलो हुन्छ ।

सातौं परिक्षा (किस डे)

शब्द बिना नै प्रेम व्यक्त गर्न मन छ भने यस दिन प्रेमले भरिएको एक चुम्बन पर्याप्त हुन्छ । यस परिक्षाको सातौं दिन मतलब १३ फेब्रुअरी हरेक प्रेमीले जोडी एक अर्कालाई  चुम्बन गर्दै आफ्नो प्रेम व्यक्त गर्दछन् ।

अन्तिम परिक्षा (भ्यालेन्टाइन डे)

भागदौड र व्यस्त जिन्दगीमा पार्टी गर्नको लागि एउटा बहाना भए पुग्छ । त्यस्तै सधै प्रेम जताएपनि त्यसको उत्सव एक दिन मनाउन निकै रमाइलो हुन्छ । भ्यालेन्टाइन डे त्यहि एक दिन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई