काठमाण्डौः बलिउड ‘बादशाह’ शाहरुख खानको कमब्याक फिल्म ‘पठान’को रिलिज मिति घोषणा भएको छ । यो शाहरुखको चार वर्षपछि चलचित्रमा कमब्याकको संकेत गर्ने चलचित्र हो ।
सिद्धार्थ आनन्दको निर्देशन रहेको पठानमा शाहरुखसहित दीपिका पादुकोण र जोन अब्रहाम मुख्य भूमिकामा छन् । बुधबार निर्माण टिमले तीनै अभिनेताहरूबाट देशको बारेमा भनिएका संवादलाई समेटेर १ मिनेट लामो टिजर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।
चलचित्र २०२२ को जनवरी २५ तारिखमा रिलिज हुँदैछ । चलचित्र हिन्दी, तमिल र तेलुगु गरि तीन भाषामा रिलिज हुने छ।
