काठमाण्डौः भारतीय फिल्म ‘द कश्मीर फाइल्स’ नेपाल प्रदर्शनमा आउने भएको छ ।
फिल्मले भारतीय बक्स अफिसमा राम्रो ‘कलेक्सन’ गर्न थालेसँगै नेपालका वितरकले प्रदर्शनको एक सातापछि फिल्मलाई नेपाल ल्याउँदैछन् ।
‘भारतमा त यो फिल्मले हरेक दिन रेकर्ड बनाइरहेको छ । ४ करोडबाट ओपनिङ गरेको फिल्मले बुधबार झन्डै २० करोड कमायो । सुरुमा त हामीलाई पनि यो फिल्मले यस्तो गर्ला भन्ने थाहा थिएन ।
