काठमाण्डौः दिवंगत बलिउड अभिनेता ऋषि कपूरको पछिल्लो फिल्म ‘शर्माजी नमकीन’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माताले आफैंले फिल्मको ट्रेलर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
फिल्म मार्च ३१ मा ओटीटी प्लेटफर्म ब्mबशयल प्राइम भिडियोमा स्ट्रिम गरिनेछ। हितेश भाटियाले निर्देशन गरेको यस फिल्ममा स्वर्गीय ऋषि कपुर बाहेक परेश रावल, जुही चावला, सुहेल नय्यर, तारुक रैना, सतीश कौशिक, शीबा चड्ढा र ईशा तलवारको मुख्य भूमिका रहेको छ ।
