काठमाण्डौः गायक धिरज राईको गीत ‘लुकी लुकी’ २५ बर्षपछि युट्युवमा फेरि सार्वजनिक गरिएको छ । ट्रि इन्टरटेन्मेन्टले यसपटक भिडिओ मेकिङ गर्दै नयाँ स्वरुप दिएको हाे ।
२५ बर्ष अगाडि नेपाल टेलिभिजनमा खिचिएको गीतको भिडिओमा धिरज राईलाई मात्र देख्न सकिन्छ ।
धिरज राईको स्वर, शब्द तथा संगीतमा तयार भएको गीतको भिडिओलाई माइकल चन्दले निर्देशन गरेका छन् । भिडिओमा उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन छ ।
