काठमाण्डौः आगामी बैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ मा समावेश तिमी र म बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत रहेको छ ।
उदय राज पौडेलको स्वर रहेको गीतमा ब्याक भोकलमा प्रश्ना शाक्यले साथ दिएकी छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतलाई गायक पौडेल स्वंयमले एरेञ्ज गरेका हुन् । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार अनमोल केसी र सुहाना थापालाई फिचर्ड गरिएको छ । गीतमा अनमोल र सुहानाको माया, प्रेम र विछोडमा केन्द्रित छ ।
