काठमाण्डौः युवा गायक रिवाज सिंह सुनारले ‘देश विकास’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
देश विकासका लागि भ्रष्टाचार बढ्न दिनु नहुने सन्देश रहेको सो म्युजिक भिडियो यहाँ सार्वजनिक गरिएको हो ।
गीतमा अनियमितता, ढिलासुस्तीजस्ता विकृति अन्त्यका लागि सरोकार भएका निकायले ध्यान दिनुपर्नेमा जोड दिइएको छ । उक्त गीतमा गायक सुनारकै स्वर, शब्द र सङ्गीत रहेको छ । देशलाई समृद्ध बनाउनका लागि इमान्दार नेताको खाँचो रहेको कुरा पनि गीतमा समेटिएको छ ।
