काठमाण्डौ: बलिउडको नवनिर्मित चलचित्र “सूर्यवंशी”को प्रदर्शन मिति हाललाई स्थगित गरेको छ ।
मार्च २४ मा रोहित शेट्टीले निर्देशन गरेको उक्त फिल्म प्रदर्शन हुने मिति तय गरिएको थियो ।
सो विषयमा चलचित्रका अभिनेता अक्षय कुमारले सामाजिक सञ्जाल मार्फत ‘हाम्रा दर्शकको स्वास्थ्य र सुरक्षाको ख्याल राख्दै हामीले चलचित्रको रिलिज मिति सारेका छौँ । अब यो चलचित्र सही समय आएलगत्तै रिलिज हुनेछ । किनभने अहिले सुरक्षाको विषय महत्वपूर्ण छ । लेखेका छ्न ।
यसअघि दिल्लीको अरविन्द केजरीवाल सरकारले मार्च ३१ सम्म शहरका सबै सिनेमाघर बन्द गर्ने घोषणा गरेका थिए ।
