सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘बाहिर जति धूवाँ पुत्ताएको छ, भित्र त्यस्तो छैन: प्रदिप ज्ञवाली

२०७७ बैसाख १७, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फेरि पनि मुख्य एजेन्डा र मुख्य कार्यभारबाट हाम्रो ध्यान विकेन्द्रित नगरौं भन्ने मेरो पहिलो आग्रह हो । दोस्रोचाहिँ बैठकका निम्ति हामीले प्राथमिकता पनि हेर्नुपर्छ । अहिले एकातिर जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता छ ।

अर्काेतिर प्रि–बजेट छलफलको समय पनि भएको छ । सरकारका नीति तथा कार्यक्रमका पनि कुरा छन् । जेठ १५ अघि नै यस्ता छलफल चलाउने गरी लकडाउन खुकुलो बनाउने अवस्था आउँछ कि आउँदैन म यसै भन्न सक्दिनँ । यो राजनीतिक निर्णयको विषय पनि होइन । यो स्थितिमा पार्टी बैठक कति उपयुक्त र सम्भव छ भन्ने पनि हो । साथीहरूले प्रश्नको यथोचित जवाफ पाउनुपर्छ भन्नेमा कुनै दुविधा छैन ।

तर अध्यादेश नै नरहेको सन्दर्भमा समीक्षा दुई दिन या पाँच दिनपछि गर्दा बिग्रिहाल्छ र ? यसै पनि कार्यकर्ता धेरै चिन्तित र अन्योलग्रस्त पनि हुनुुहुन्छ । बरु नेकपा एकताबद्ध रहन्छ, नेकपाले पाएको स्थिरताको जनादेशलाई तलमाथि हुन दिन्नौं भन्ने सन्देश दिन म नेतृत्व तहलाई आग्रह गर्छु ।

तर सरकार बिनासरसल्लाह चल्ने, निर्णय गर्ने र विरोध भएपछि पछाडि हट्ने कुराले सरकार र पार्टीको इमेज बिगार्‍यो, अब केपी शर्मा ओलीबाट सरकार र पार्टी दुवै चल्दैन भन्ने अधिकतर स्थायी कमिटी सदस्यहरूको निष्कर्ष छ नि ?

केही साथीहरूको त्यो निष्कर्ष मैले पनि सुनेको छु । त्यसलाई सिंगो पार्टीको निष्कर्ष भन्न सक्दैनौं, व्यक्तिका आफ्ना धारणा हुन सक्छन् । हामीलाई यति थाहा छ कि, हिजो संयुक्त सकारको नेतृत्व गरिरहेका बेला बजेट पनि ल्याउन नदिनेजस्तो गरीकन घेराबन्दी भएर बडो मुस्किलले बजेट ल्याएलगत्तै सरकारविरुद्ध अविश्वासको प्रस्ताव आयो । त्यस्तो बेलाबाट अघि बढ्दै पार्टी अध्यक्ष र सम्मानीय प्रधानमन्त्रीज्यूले सरकार र पार्टीलाई यहाँसम्म ल्याउनुभएको हो । अरू नेताहरूको यथोचित योगदान छ । हामी सबैलाई सम्मान गर्छाैं तर यो जनमतमा सबैभन्दा ठूलो भूमिका केपी शर्मा ओलीको छ भन्ने कुरा आमनागरिकलाई थाहै छ । तर एउटा कुनै घटना विशेषले नेतृत्व परिवर्तन अथवा नेतृत्व काम लागेन भन्ने निष्कर्ष उचित हुन सक्दैन । सरकारका काममा कमीकमजोरी छन् भने औंल्याउन सकिन्छ । कमजोरीलाई सरकारले सच्याउनुपर्छ, प्रधानमन्त्री र मन्त्री सच्चिनुपर्छ । तर विषयलाई अतिरञ्जित गरेर अस्थिरता निम्त्याउने गरी त्यो पनि एक–एक मिनेटको शक्ति देशमा केन्द्रित गर्ने बेला त्यो खालको आग्रह उचित हुन सक्दैन । नेतृत्व परिवर्तन गर्न सकिन्छ भन्ने कुनै पनि व्यक्तिको चाहना अनुचित ठान्दिनँ । तर सरकार परिवर्तनको बहस चलाउने यो बेला हो ?

असन्तुष्ट नेताहरूको कुरा त्यही नै छ, असान्दर्भिक अध्यादेश ल्याएर अस्थिरता निम्त्याउने प्रधानमन्त्रीले अब स्थिरताका लागि बैठक नै डाक्दिनँ छलफल नै गर्दिनँ भन्न मिल्छ कि मिल्दैन ?

यो छलफल हामीले १५ दिनपछि गर्दा बिग्रिन्छ र ? १५ दिनपछि संसद् बोलाएनौं बजेट ल्याएनौं भने संवैधानिक ढंगले पनि बिग्रिन्छ । एक दिन तपाईंले लापरबाही गरेर कोरोना फैलियो भने त बिग्रिन्छ, पछि पछुतोमात्रै रहन्छ । तर समीक्षाका लागि समय छ । साथीहरूले उठाएको विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौं, पार्टीले बनाएको दृष्टिकोणलाई सरकारले आत्मसात् गर्नैपर्छ । तर यो विषय सबैभन्दा ठूलो हो ? एक नम्बर एजेन्डा हो ? त्यसमाथि यही विषयका कारण नेतृत्व परिवर्तनको बहस चलाउने बेला हो ?

तर तपाईंले नै त्यसो भन्दाभन्दै पनि तपाईंको पनि प्राथमिकता त त्यही छ । कहिले दाहालपक्षीयसँग, कहिले नेपालपक्षीयसँग छलफल गर्न दौडधुप गरी नै रहनुभएको छ त ?

बडो विडम्बनाका साथ भन्छु, मैले यतिखेर गर्नुपर्ने काम भनेको संसारभर फैलिएर बसेका नेपालीको अवस्थाबारे बुझ्ने, ती नेपालीसम्म पुग्नका लागि दूतावास र गैरआवासीय नेपाली परिचालन गर्ने, सम्बन्धित सरकारहरूसँग समन्वय गरेर नेपालीलाई सहयोग गर भन्ने, सीमामा अलपत्र परेकालाई कसरी सुविधा पुर्‍याउन सकिन्छ भनेर हेर्ने, नेपालमा अलपत्र विदेशीलाई उनीहरूको देश फर्काउन सहजीकरण गर्ने र कोरोनाविरुद्धको लडाइँमा लाग्ने तथा यसपछि आउने आर्थिक संकट टार्ने विषयमा छिमेकी देशहरूसँग छलफल गर्ने हो । तर हामी अहिले कहाँ अल्झिएका छौं, थाहै छ । पार्टीबाट यो अनिश्चय र अस्थिरतातिर जाने खालको कुनै पनि कदम नचालौं भन्ने अवस्था छ । अनिकालमा सबैभन्दा ठूलो कुरा बीउ जोगाउने नै हुन्छ । अहिले आन्दोलनको बीउ जोगियो भने पछि लगाउन सकिन्छ । अहिले संकटका बेला अरू कुरा छाडेर त्यसमै केन्द्रित हुनुभयो भने राष्ट्र र जनताप्रति संवेदनशील भएको कुरा त्यसले बताउँदैन ।

यसपालिको अध्यादेशको प्रकरणले नागरिक त एकदमै निराश भए नि । हैन र ?

नागरिकले आफूले त्यत्रो विश्वास गरेका नेता र पार्टी यो बेला यस्तो बहसमा अल्झेलान् भनेर अपेक्षा गर्नुभएको थिएन । मलाई लाग्छ, नागरिकका नजरमा हामी आलोचित भएका छौं । मेरो फेरि आग्रह छ, पार्टी एकतालाई सुदृढ पारौं । हामीले अरू देशबाट पनि सिक्नुपर्छ । सत्तापक्ष प्रतिपक्ष सबै केन्द्रित भएर लागिरहनुभएको छ । प्रतिपक्षीले समेत प्रधानमन्त्रीको विकल्पको कुरा गरेको छैन । हामीभित्रैबाट त्यो खालको कुरा गर्छाैं भने हामी देश र जनताप्रति कति संवेदनशील छौं भन्ने कुरा त्यसले पुष्टि गर्छ तर इतिहासले त हेक्का राख्छ । यस्ता विरोधले हामीलाई क्षणिक आत्मसन्तुष्टि होला तर इतिहासले संकटका बेला कसको के भूमिका थियो भन्ने कुरा ढुंगाको अक्षर बनाएर राख्छ ।

तपाईं स्वयं कोभिड–१९ रोकथाम तथा नियन्त्रण समन्वय समितिको सदस्य पनि हुनुहुन्छ । साथमा समितिकै संयोजक र सीमामा थुप्रै व्यवस्थापन गर्नुपर्ने प्रदेश ५ का मुख्यमन्त्री पनि पार्टी राजनीतिकै वरिपरि नै दौडधुपमा देखिनुहुन्छ । अहिलेको प्राथमिकता यो होइन भन्दाभन्दै पनि यतै दौडधुप गरिरहँदा मनमा के लागिरहेको छ ?

व्यक्तिगत रूपमा असाध्यै आहत महसुस गरेको छु । मैले यो होला भन्ने कल्पना गरेको थिइनँ । मैले यतिखेर गर्नुपर्ने प्राथमिकताका काम अरू धेरै छन् । हामी जनताको संवेदनशीलता र फ्रन्टलाइनका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको अहोरात्रको खटाइले न्यून जोखिममा छौं । उहाँहरू सबैलाई धन्यवाद भन्छु । तर जोखिमबाट अहिले पनि बाहिर छैनौं । संक्रमणबाहिर पनि धेरै नागरिकको सामाजिक र आर्थिक जीवनलाई निकै गहिरो गरी धक्का पुगेको छ । यसको असर वर्षौंवर्ष रहनेछ । तर हाम्रो ध्यान अर्थतन्त्रलाई कसरी पुनर्जीवन दिने भन्नेतिर हुनुपर्ने हो, त्यो क्षेत्रका विज्ञ, जानकारहरूसँग छलफल, परामर्श गरेर नीति निर्माण तहमा केन्द्रित हुनुपर्ने थियो ।

तर अरू विषयमा लाग्नुपर्दा पीडा भएको छ । त्यसका बीचबाट पनि हामीले आफ्नो कर्तव्य निरन्तर पूरा गरिरहेका छौं, हामी लागिरहेका छौं । यतिखेर मलाई कुन्ति मोक्तानको गीत याद आएको छ, ‘म त हिँड्छु आफ्नै बाटो, खुट्टा तान्दै गर’ । हामी अहिले जुन मूल जिम्मेवारीमा छौं त्यसलाई पूरा गरेका छौं । तर घरीघरी ध्यान बरालिँदा अलिकति पीडाबोध भएको छ । कान्तिपुर दैनिकबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘जनतासँग टुटेको सम्बन्ध जोड्नु नै एमाले पुनरुत्थानको पहिलो सर्त हो’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)

‘अदालतबाट शेरबहादुर देउवाको नेतृत्वले वैधानिकता पाउनेमा विश्वस्त छौँ’ : डा. प्रकाशशरण महत (अन्तवार्ता)

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ : मन्त्री चौधरी (अन्तवार्ता)

१८ करोडको चर्चा निराधार, निष्पक्ष अनुसन्धान हुनुपर्छ : कांग्रेस महामन्त्री, उदयशमशेर राणा (अन्तवार्ता)

‘रास्वपासँग फेरि एकता गर्ने योजना छैन, उज्यालो नेपाललाई आफ्नै रोडम्यापअनुसार अघि बढाउँछौँ’ : कुलमान घिसिङ

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल (अन्तवार्ता)

‘ओली-प्रचण्डकै कारण कम्युनिस्ट आन्दोलन किनारामा पुग्यो’ : हरिबोल गजुरेल (अन्तवार्ता)

‘अधिवेशन बिथोल्न क्षेत्रीय सभापतिकै योजनामा फलामको भाटासहित आक्रमण गरियो’ : डा. डिला संग्रौला (अन्तवार्ता)

‘संविधान लोकतान्त्रिक छ, यसलाई बचाएर लैजान्छन् भन्ने विश्वास छ’ : पूर्वराष्ट्रपति रामबरण यादव (अन्तवार्ता)

‘तिहार–छठपछि सरकारलाई खबरदारी गर्न वैचारिक आन्दोलन गर्छौं’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)

भोटेकोशी बाढीपीडितलाई दसैंअघि अस्थायी घर, दुई वर्षभित्र स्थायी बस्ती उपलब्ध गराउछौं : पूर्वाधारमन्त्री, सुनिल लम्साल