सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपालमा ३७ प्रतिशत बालिकाको १८ वर्षभन्दा कम उमेरमै विवाह: यूएनएफपीए

२०७९ मंग्सिर १३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः उमेर नपुग्दै हुने विवाह घट्न नसक्दा एकातिर बालबालिकाको भविष्य अन्योल बन्ने गरेको छ भने अर्कातिर किशोरकिशोरी घरेलु हिंसाको सिकार हुँदै आएका छन् । जुम्लाका ग्रामीण क्षेत्रका धेरै किशोरी कक्षा ९ मा पढ्दै बिहे गरेर गर्भजाँच गराउन जाने गरेका छन् । धेरै किशोरी २० वर्ष नपुग्दै दुई सन्तानकी आमा बनिसकेको पाइन्छ । जुम्लामा विगत लामो समयदेखि क्याड नेपालले बालविवाह न्यूनीकरणका लागि विभिन्न अभियान थालेको छ ।

२० वर्ष नपुगी गरिएका विवाह स्वतः रद्द हुने, विवाह गर्ने केटाकेटीका साथै गराउने व्यक्तिलाई तीन वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै हुन सक्ने कानुनी व्यवस्था रहेको उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश नवराज थपालियाले बताए । उनले क्याड नेपाल नामक संस्थाले  लै‌ंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत हिमा गाउँपालिकामा आयोजना गरेको बालविवाह न्यूनीकरण तथा रोकथाक कार्यक्रममा यस्तो बताएका हुन् । उनका अनुसार बालविवाहलाई २०२० सालमै गैरकानुनी ठहर गरेको नेपालले सन् २०३० सम्ममा मुलुकबाटै बाल विवाह अन्त्य गर्ने राष्ट्रिय रणनीति पनि अनुमोदन गरेको छ ।

बाल विवाहविरुद्ध काम गर्ने विभिन्न संस्थाले पनि नेपाली जुटौं, बाल विवाह रोकौं अभियान चलाउँदै आएका छन् । उच्च अदालत सुर्खेत जुम्लाका न्यायाधीश थपायाले भने, ‘नेपालले बाल विवाहलाई २०२० सालमै गैरकानुनी ठहर गरेको हो । दिगो विकास लक्ष्यले पनि बालविवाह अन्त्य गर्ने लक्ष्य लिएको छ ।’ उनले जुम्लाका सबै विद्यालयमा बाल विवाह बिरुद्धका कक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

हिमा गाउँपालिका उपाध्यक्ष सर्पुना शाहीले बाल विवाहलगायत कूरीति अन्त्य गर्ने दायित्व राज्यको भएको बताइन् । बाल विवाहले बालबालिकाको मानव अधिकार हनन् मात्रै नभई देशको समग्र आर्थिक अवस्थामै नकारात्मक प्रभाव पार्ने हिमा गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत रणबहादुर बुढाले बताए । उनले बालविवाह न्यूनीकरणसम्बन्धी काम गर्ने  गैरसरकारी संस्था, कानुनी निकायलगायत सबैको साझा समन्वयमा अभियान चलाउने बताए ।

क्याड नेपाल जुम्लाका देवेन्द्र आचार्यले बालविवाह, बोक्सी प्रथा, छाउपडीलगायत कूरीति अन्त्य गर्न हामी सबैको एकजुट हुनुपर्ने धारणा राखे । उनले कानुनी रूपमा अपराध ठहर गरिएको भए पनि व्यवहारमा अझै बाल विवाह भइरहेका बताए ।

२०६८ को जनगणनाअनुसार देशभर १० वर्षभन्दा कम उमेरमा विवाह हुनेको संख्या एक लाख ३८ हजार १५ थियो । जसमा बालिकाको संख्या मात्रै एक लाख १५ हजार १५० अर्थात् ८३ प्रतिशत थियो। त्यस्तै, १९ वर्षमुनि विवाह हुने ६५ लाख १७ हजार २८१ मध्ये किशोरीको संख्या ६६ प्रतिशत थियो। अहिले पनि यो अवस्थामा खासै परिवर्तन आएको छैन।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) का अनुसार अहिले पनि नेपालमा ३७ प्रतिशत बालिकाको १८ वर्षभन्दा कम उमेरमै विवाह हुने गरेको तथ्यांक थियो । दक्षिण एसियामा धेरै बालविवाह हुने मुलुकमा नेपाल तेस्रो स्थानमा छ।  नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले बालविवाह अझै पनि ठूलो समस्याका रूपमा रहेको बताए । उनले जुम्लामा कति प्रतिशत बालविवाह भएको छ भने एकिन तथ्यांक नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

खलामा धान भर्दै स्थानीय सरकार

प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

खहरेमा पुल निर्माण सुरु

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

काठमाडौंका यी क्षेत्रमा आज र भोलि ५ घण्टा विद्युत् अवरुद्ध हुने

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने