सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अमेरिकाबाट निष्कासित २५ जना आप्रवासी लाइबेरियामा

२०८३ मंग्सिर ६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मनरोभिया, मङ्सिर ६ गते ।  अमेरिकाबाट निष्कासित २५ जना आप्रवासी पश्चिम अफ्रिकी मुलुक लाइबेरिया पुगेका छन् ।

लाइबेरियाको स्वदेश फिर्ती, पुनर्वास तथा पुनःएकीकरण आयोगका प्रतिनिधिका अनुसार उनीहरू शुक्रबार स्थानीय समयअनुसार राति ९ः३५ बजे लाइबेरिया पुगेका हुन्। निष्कासित हुनेमा दुई महिलासमेत रहेका छन् ।

समूहका अधिकांश व्यक्ति दक्षिण अमेरिकी मुलुकका नागरिक रहेको आयोगका प्रतिनिधिले एएफपीलाई जानकारी दिएका छन् । यद्यपि उनीहरूको राष्ट्रियताबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नियन्त्रणसम्बन्धी नीतिअन्तर्गत पछिल्लो चार महिनायता लाइबेरियामा निष्कासित आप्रवासीहरू आइरहेका छन् ।

लाइबेरियाले एक वर्षको अवधिमा एक हजार २०० जनासम्म विदेशी नागरिकलाई आश्रय दिने घोषणा गरिसकेको छ ।

अमेरिकाबाट निष्कासित व्यक्तिहरूलाई स्वीकार गर्ने अफ्रिकी मुलुकहरूको सूचीमा लाइबेरियासँगै सियरा लियोन, इक्वेटोरियल गिनी, घाना, रुवान्डा, दक्षिण सुडान, क्यामरुन, इस्वाटिनी र प्रजातान्त्रिक गणतन्त्र कङ्गो रहेका छन् ।

यी सहमतिमा अमेरिकाले आर्थिक तथा व्यवस्थापकीय सहयोग उपलब्ध गराएको बताइएको छ ।

लाइबेरिया सरकारले भने निष्कासित व्यक्तिहरूलाई स्वीकार गर्ने सहमतिबापत कुनै क्षतिपूर्ति वा पुरस्कारको आश्वासन नमागेको र प्राप्त नगरेको बताउँदै आएको छ ।

यद्यपि, द न्युयोर्क टाइम्स ले सार्वजनिक कागजातलाई उद्धृत गर्दै लाइबेरियाले आप्रवासीहरूलाई स्वीकार गर्ने विषयमा विचार गर्न सहमति जनाएपछि अमेरिकी विदेश मन्त्रालयको स्वीकृतिमा पाँच मिलियन अमेरिकी डलर उपलब्ध गराइएको जनाएको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची

यमन र आसपासका क्षेत्रमा बढ्दो सैन्य तनावप्रति राष्ट्रसंघको गहिरो चिन्ता

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास