सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

स्वतन्त्रका कारण २५ सिट गुमेको एमाले निष्कर्ष

२०७९ मंग्सिर १४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू (राष्ट्रिय स्वतन्त्र पार्टीसमेत) का कारण आफ्नो पार्टीले कम्तीमा २५ देखि ३० सिटसम्म गुमाउनुपरेको प्रारम्भिक निष्कर्ष निकालेको छ। एमालेले गरेको चुनावको अनौपचारिक समीक्षामा पार्टीले जित्ने निश्चित भएका ८ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार हाबी भएको र पार्टीका उम्मेदवार उपविजेता भएको औंल्याउँदै प्रत्यक्षमा करिब ८ सिट र समानुपातिकमा १७ सिट गुमाउनुपरेको निष्कर्ष निकालिएको हो।

एमाले काठमाडौं २ र ५ तथा चितवन १ र २ मा चुनाव जित्नेमा ढुक्क थियो। काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चुनाव जिते। काठमाडौंका अन्य क्षेत्रमा पनि एमाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग दोस्रो भएको थियो। चितवन १ र २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पहिलो हुँदा एमाले उम्मेदवार दोस्रो स्थानमा आए। सत्तारुढ दलबीच गठबन्धन नभएको भए प्रत्यक्षतर्फ एक सय सिट कट्ने समीक्षा एमालेको छ। हारजित भएका स्थानमा पनि झिनो मत रहेको समीक्षा गर्दै एमालेले आफूमाथि स्वतन्त्र र स्वतन्त्र पार्टीका नाममा प्रहार भएको निष्कर्ष निकालेको छ।

‘हामीले निर्वाचनको सामान्य समीक्षा गरेका छौं, स्वतन्त्र पार्टी वा उम्मेदवार नभएको भए थप २५ देखि ३० सिट एमालेको पक्षमा आउने देखियो, गठबन्धन नभएको भए प्रत्यक्षमै एक सय सिट पुग्ने अवस्था देखियो’, एमालेका एक पदाधिकारीले भने। एमालेभित्र अझै अराजकता कायमै रहेको महसुस पनि भएको ती पदाधिकारीले बताए।

एमालेले अहिले प्रत्यक्षतर्फ ४४ सिट प्राप्त गरेको छ। समानुपातिकमा अन्य दलभन्दा एमाले अगाडि छ। प्राप्त मतमा धेरैजसो स्थानमा एमाले दोस्रो भएको छ। एमालेले आफ्ना उम्मेदवार दोस्रो भएका स्थानमा पार्टीको मत स्वतन्त्र उम्मेदवारहरूमा गएको निष्कर्ष पनि निकालेको छ।

एमालेले देशभरिको चुनावी समीक्षा भने गरेको छैन। यसपल्ट सोच्दै नसोचेको र प्राथमिकतामा पनि नराखेको सोलुखुम्बुमा भएको जितलाई उसले उपलब्धिका रूपमा लिएको छ। २०४८ सालदेखि नै एमालेले हार्दै आएको सोलुखुम्बुमा अघिल्लोपटक प्रदेशसभा एमाले जितेको थियो। सोलुबाट यसअघि प्रदेशसभामा निर्वाचित सांसदले जनताका पक्षमा गरेका कामबाट अहिले त्यहाँबाट प्रतिनिधिसभामा जित निकाल्न सहज भएको निस्कर्ष एमालेको छ। त्यसैगरी २०४८ सालदेखि निर्वाचन जित्दै आएका विजय गच्छदारविरुद्ध पार्टी नेत्री भगवती चौधरीको जितलाई पनि एमालेले उपलब्धिका रूपमा लिएको छ। मधेश प्रदेसमा प्रभु साहले धोका दिएको भए पनि त्यहाँ भएको जितलाई पनि एमालेले राम्रै उपलब्धिका रूपमा लिएको छ।  यो समाचार नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जेब्रा क्रसिङमा सवारी नरोक्ने र सार्वजनिक यातायातमा दुर्व्यवहार हुने गरेको गुनासो

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अन्तर्राष्ट्रिय सम्मान, १२६ जनाले पाए यूएन पदक

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

‘विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको छ’ : नेपाली सेना

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता