सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नवनिर्वाचित सांसदहरूकाे प्रतिबद्धता : अब जुम्लामा जथाभावी सडक खन्न दिदैनाैं

२०७९ मंग्सिर १४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः जुम्लाबाट नवनिर्वाचित सांसद ज्ञानेन्द्र शाही, प्रदेशसभा सांसदद्धय देवेन्द्रबहादुर शाही र टेकराज पछाईले नागरिकका समस्यालाई ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले बुधबार आयाेजना गरकेाे बधाई कार्यक्रममा उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

प्रतिनिधिसभा सांसद शाहीले जुम्लाका हरेक नागरिकको समस्या समाधानका लागि पहल गर्ने बताए । उनले भ्रष्टाचारका कारण देश बिग्रिएकाे र अब भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न पनि नदिने घाेषणा गरे । उनले भने ‘जुम्लामा सडक, बिजुली, टेलिफोन र कृषि तथा पर्यटन क्षेत्रलाई अघि बढाउन विशेष ध्यान दिनेछु । डोजर आतंकले बाढीपहिरो बढेकाे छ । अनाश्वक सडक अब निर्माण गरिदैन । अहिले भएकै सडकमा सवारीसाधन सन्चालन हुन सकेकाे छैन । जथाभावी सडक खन्दा आएकाे बाढीपहिरोले मान्छेले ज्यान समेत गएकाे छ ।’

त्यस्तै प्रदेश (क) बाट निर्वाचित सांसद देवेन्द्रबहादुर शाहीले कांग्रेसले अन्याय गरे पनि मतदाताले न्याय गरेर निर्वाचित गराएकाे बताए । उनले भने, ‘पार्टीले अन्याय गरेकै कारण स्वतन्त्र उम्मेदवारी दिनु पर्‍यो । अब आपसमा समन्वय र सहकार्य गरेरै जुम्लाको विकासमा लाग्छाै ।’

प्रदेश सभा (ख)बाट निर्वाचित सांसद टेकराज पछाईले जुम्ला समृद्ध बनाउने मेरो योजना रहेको बताए । उनले भने, ‘प्रदेशसभा (ख)तर्फ जुम्लामा चार गाउँपालिका छन् । यिनै पालिकामध्ये सबैभन्दा पछि परेको कनकासुन्दरी गाउँपालिको बुम्रमाडीचौर क्षेत्र र तिला गाउँपालिकाको राँसा मालापानी, घोडेमहादेव क्षेत्र पछाडि परेकाे छ । बजेट र योजनामा यिनै क्षेत्रलाई विशेष प्रथामिकतामा राखेर काम गरिने छ ।’

सिंजा उपत्यका र त्यो क्षेत्र हुँदै नाग्म-गमगढी सडकको स्तरवृद्धिका लागि बजेट व्यवस्थानमा जोड दिनुका साथै प्रदेश सभामा आवाज उठाउने उनले प्रतिबद्धता जनाए ।

पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले नवनिर्वाचित सांसदलाई बधाई ज्ञापन गर्दै राम्रा कामलाई प्रसंसा गर्ने र गतल कामविरुद्ध खबरदारी गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित

सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँः मुख्यमन्त्री भट्ट

विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श