सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जनप्रतिनिधिलाई मनपरी तलब सुविधा, गन्डकीसहित ६ ओटा प्रदेशविरुद्ध सर्वोच्चमा मुद्दा

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गन्डकी प्रदेश सरकारले स्थानीय तहदेखि प्रदेशका मुख्यमन्त्रीसमेतको तलब सुविधा बढायो । यसको चौतर्फी विरोध भइरहेको छ ।

जनप्रतिनिधिलाई मासिक तलब दिने व्यवस्था संविधानमा नभएको भन्दै गन्डकीसहित ६ ओटा प्रदेशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

गन्डकी प्रदेशसँगै प्रदेश नम्बर–२, प्रदेश नम्बर–३, प्रदेश नम्बर–५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारले संविधानको गम्भीर उल्लंघन गरेको भन्दै सर्वोच्चमा रिट दायर भएको हो ।

अधिवक्ता लोकेन्द्र ओलीले प्रदेश नम्बर–१ बाहेक सबै प्रदेशले संविधानको गम्भीर उल्लंघन गरेर स्थानीय तहका जनप्रतिनिधिलाई मासिक पारिश्रमिक, ज्याला र तलबसहित सुविधा दिएको भन्दै आइतबार रिट दर्ता गराएका हुन् ।

‘संविधानको धारा २२० को (८) र धारा २२७ मा जनप्रतिनिधिलाई तलब, ज्यालासहित सुविधा दिने उल्लेख नगरी सुविधामात्रै दिने उल्लेख गरेको छ’–अधिवक्ता ओलीले भने–‘प्रदेश–१ ले नेपालको संविधानअनुसार नै सुविधामात्रै लिने ऐन बनाएर कार्यान्वयन सुरु गरेको छ । अरु प्रदेशले राज्यको करोडौं सिध्याइरहेका छन् । यो संविधानविपरीत हो ।’

उनले ६ ओटा प्रदेशले बनाएका यी ऐनहरू तत्काल खारेजीको पनि माग गरेका छन् ।

उनले दायर गरेको रिटउपर आउँदो शुक्रबार छलफल तथा सुनुवाइ हुने बताइएको छ ।

जनप्रतिनिधिहरुले पाउने सुविधाका विषयमा सबै प्रदेशले ऐन बनाएका छन् । प्रदेश–१ बाहेकका प्रदेशका गाउँ, नगर, उपमहानगर र महानगरसभाका बैठक भत्तासँगै उनीहरुले मासिकरुपमा तलबसमेत बुझ्दै आएका छन् ।

संविधानमा स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक लिन पाउने व्यवस्था नभइ सुविधा लिन पाइने व्यवस्था छ ।

प्रदेश र स्थानीय तहले संविधानले सुविधा लिन पाउने भनेर गरेको व्यवस्थालाई प्रदेशले तोडमोड गरेर तलब, सेवा–सुविधा मनलाग्दी बनाएका छन् ।

प्रदेश–१ बाहेकका जनप्रतिनिधिले कर्मचारीलेजसरी नै मासिकरुपमा तलब बुझेका छन् ।

संविधानमा उल्लेख गरेको सुविधा नियमित नभइ तोकिएको बैठक वा विशेष अवसरमा उपस्थित भएवापत् यातायात खर्च वा अरु खर्च पर्छन् । तर, अहिले महिनावारी तलबसँगै अरु भत्ता (सुविधा)हरु पनि लिँदै आएका छन् ।

गन्डकी प्रदेशको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद कुमार खड्का सरकारले संविधान नै उल्लंघन गरेर यस्तो व्यवस्था गरेको बताउँछन् ।

‘हामीले सुविधामात्रै तोकौं भनेका हौं’–उनले भने–‘मानिसहरुले जनप्रतिनिधिलाई सेवाको नभइ जागिरेको हिसाबले हेर्न थाले । संविधानले यस्तो व्यवस्था गरेको छैन । अझ गन्डकी सरकारले त दोहोरो सुविधा लिने विधेयक नै ल्याइसक्यो । हामीले विरोध गर्‍यौं । दुईतिहाइ बहुमत रहेको सरकारले पास गराइछाड्छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आइतबार सार्वजनिक बिदा

पोखरा क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए

मुख्यमन्त्रीलाई राउटेले भने- सरकारले हाम्रो जनतालाई दशैँ खर्च दिनु पर्‍यो

हुम्लामा कोदो महोत्सव हुने

जमुनाह नाकामा सुरक्षा सतर्कता

भरुवा बन्दुकसहित एकजना पक्राउ

सन्दर्भ विश्व शान्ति दिवस: देशमा दिगो शान्तिको कामना गर्दै बौद्ध क्षेत्रमा शान्तिपूर्ण धर्ना

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौँ : मुख्यमन्त्री पाण्डे

बाँकेमा कारागार जीर्णः क्षमताभन्दा बढी कैदीबन्दी, सुरक्षाको जोखिम

शे-फोक्सुण्डोबाट लुटिएका मूर्ति ओडारमा भेटिए

जनप्रतिनिधि थकित भए पछि मण्डनपुरमा आज सार्बजनिक बिदा

आज विश्व शान्ति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै