सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मन्त्री खत्रीलाई पक्राउ गर्न दिएको आदेशबारे प्रदेश सरकार ‘बेखबर’

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नक्कली बैंक ‘ग्यारेन्टी’पत्र बनाएको अभियोगमा उच्च अदालत पाटनले पक्राउ आदेश दिएका कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्रीकाबारेमा प्रदेश सरकार बेखबर देखिएको छ ।

एक करोड १० लाख रुपैयाँभन्दा बढीको नक्कली ग्यारेन्टीपत्र बनाएको अभियोगमा अदालतले जारी गरेको पक्राउ आदेशको औपचारिकपत्र प्रदेश सरकारसमक्ष अझै पुगेको छैन ।

गत सोमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश दिएको थियो ।

मन्त्री खत्रीसहितको टोलीले कृषि विकास बैंकबाट जारी भएको भन्दै एक करोड ८० लाख रुपैयाँभन्दा बढीको नक्कली ग्यारेन्टीपत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेको थियो ।

तर, दुईओटा बैंक ग्यारेन्टी कृषि विकास बैंकबाट जारी नभएको भेटिएको आदेशमा भनिएको छ ।

सोही प्रकरणमा पाँचैजनाविरुद्ध विशेष सरकारी वकिलको कार्यालयले बैंकिङ कसुरअन्तर्गत् मुद्दा चलाइएको थियो ।

अदालतको आदेशमा मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई ‘फरार’ अभियुक्त भनिएको छ भने अभियुक्तहरू छविलाल ढकाल, रणधीर तुम्बा र देवजंग शाहीलाई अदालतमा उपस्थित गराइएको थियो ।

उपस्थित तीनैजनालाई बैंकिङ कसुरअन्तर्गत् अदालतले ६ लाख रुपैयाँको बराबरको धरौटी मागेको छ ।

मन्त्री खत्रीलाई भने पक्राउ गरेर तीन दिनभित्र बयानका लागि पेस गर्न भनेको थियो ।

यता, कर्णाली प्रदेश सरकारी प्रवक्ता विमला केसी भने भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीलाई पक्राउ गर्न दिएको आदेश प्रदेश सरकारलाई औपचारिकरुपमा जानकारी नभएको बताउँछिन् ।

अदालतको आदेशमा प्रतिवादी खत्रीले अनुसन्धानमा कागज गर्दा कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री भनी स्वयंले उल्लेख गरेको बताइएको छ ।

मन्त्री खत्रीसहितको स्वामित्वमा विवादास्पद केएसके कन्स्ट्रक्सन कम्पनीले अहिलेपनि सरकारका दर्जनौं ठेक्का लिइरहेको छ ।

केएसके कन्स्ट्रक्सन कम्पनीमा उनका भाइ लोकेश र व्यवसायी सूर्य खत्री पनि साझेदार रहेका छन् ।

सार्वजनिक पदमा रहेको व्यक्ति बैंकिङ कसुरमा मुछिएपछि उनीमाथि नैतिकताको प्रश्न त उठेको छ नै । त्यसबाहेक उनको पदीय हैसियत के रहला ? भन्ने विषय पनि चासोकैरुपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय