काठमाण्डौं: बढ्दो जनसंख्या नियन्त्रण गर्नका लागि विश्वमा अनेकौं तरिका अपनाउन थालिएको छ ।
जनसंख्या बढ्दै जाँदा गरिबी र बेरोजगारीजस्ता समस्या पनि सँगै बढ्न थाल्छन् । अहिलेसम्म हामीलाई जानकारी भए अनुसार गर्भ निरोधक चक्की र सुई महिलाका लागि मात्र बनेको थियो ।
संगीनी सुई महिलाहरुले एक पटक लगाए ३ महिनासम्म ढुक्क हुने भन्ने कुरा चर्चामा रहेको छ । तर, अब भारतीय वैज्ञानिकहरुले पुरुषका लागि पनि सुई बनेको खुलाएका छन् । उनीहरुका अनुसार यो सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म बच्चा हुँदैन ।
भारतिय बैज्ञानिकहरुले पहिलोपटक यस्तो सुई बनाएको दाबी पनि गरेका छन् । यो सुई इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका वैज्ञानिकहरुले निर्माण गरेका हुन् । सुई आविष्कारमा संलग्न वैज्ञानिक डा. आर एस शर्माका अनुसार यो सुई एक पटक लगाए १५ वर्षसम्म असर गर्न सक्छ ।
