सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विश्व महिला बक्सिङ च्याम्पियनसिप संगीता र सरस्वती पराजित, सुषमाको खेल आज

२०७९ चैत्र ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतको राजधानी नयाँ दिल्लीमा जारी विश्व महिला बक्सिङ च्याम्पियनसिप २०२३ मा नेपाली बक्सर संगीता सुनार र सरस्वती राना पराजित भएका छन् ।

शुक्रबार राति भएको खेलमा ७० केजी तौल समूहमा नेपाली खेलाडी सरस्वती राना सर्वियाका खेलाडी निकोलिना गाजिकसँग अंकको आधारमा पराजित भइन । त्यसअघि भएको ६० केजी तौल समूहमा नेपाली खेलाडी संगीता सुनार अष्ट्रेलियन खेलाडी स्कानलन डानियालीसँग स्पिलिट डिसिजनको आधारमा पराजित भइन् ।

दुवै खेलमा नेपाली खेलाडीद्वयले तीन वटा राउण्डसम्म रिङ्गमा प्रतिष्पर्धात्मक पन्च प्रहार गरे पनि जीतको लागि पर्याप्त हुन सकेन । यस्तै च्याम्पियनसिपमा आज पनि दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । सियन युथ बक्सिङमा ऐतिहासिक रजत जितेकी युवा बक्सर सुष्मा तामाङले ४८ केजी तौल समूहमा विश्वको दोस्रो वरीयताकी खेलाडी बुल्गेरियाकी असिनोभा सेम्डा युलियानोभा शनिबार प्रतिस्पर्धा गर्नेछिन् ।

आजै नेपालकी मिनु गुरुङ्गले ५४ केजी तौल समूहमा थाइलयाण्का खेलाडी जिपोङ्ग जुतामाससँग खेल्नेछन् । च्याम्पियनसिपमा नेपालका ७ महिला बक्सरको सहभागिता छ । ५२ केजी तौल समूहमा नेपालकी अन्जनी तेलीले पहिलो खेल जित्दै अन्तिम १६ मा प्रवेश गरिसकेकी छन् ।

यस्तै आइतबार नेपालकी अस्मिता दुवालले ५० केजी तौल समुहमा बोत्स्वानाकी खेलाडी मोडुकानेली लेथावो बोकामोसोसँग र ५७ केजी तौल समूहमा नेपालकी चन्द्रकला थापाले भेनेजुयलाकी अल्काला ओमिलिपनसँग राउण्ड ३२ को खेल खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो

तिलोत्तमा गोल्डकपको उपाधि नजिक पुग्न थ्री स्टारले आज सुदूरपश्चिमको सामना गर्दै

थ्री नेसन्स फुटबल: ७ वर्षपछि लाओस विरुद्ध भिड्दै नेपाल

जगदम्बा जितपुर सिमरा गोल्डकपको १३औं संस्करणको तयारी अन्तिम चरणमा

फ्रान्सको राष्ट्रिय टिमको कप्तानमा एमबाप्पे

आजवाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल, पहिलो खेल नेपाल र लाओसबिच हुने

पारसको टोली एसियन लायन्स च्याम्पियन

गण्डकी प्रदेशका क्रिकेट खेलाडीलाई सम्मान

त्रिदेशीय फुटबल खेल्न नेपाली टोली तय, को–को समेटिए ?

मेस्सी र एमबाप्पेको जादु नचल्दा पिएसजीकाे चौथो हार

साकाको जादुमय गोलसँगै आर्सनलको सानदार जीत

फ्रेन्ज लिग वानमा शीर्ष स्थानको पीएसजी पराजित

%d bloggers like this: