सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

समानता भएका देशसँग सहकार्य र एकता अगाडि बढाउछौँ : प्रधानमन्त्री ओली

२०७६ भाद्र ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम भ्रमणबारे रासस प्रतिनिधि दीपेन्द्र अधिकारीलाई विशेष संक्षिप्त अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्ताको सारसंक्षेप:

प्रधानमन्त्रीज्यू  भियतनामको भ्रमण समग्रमा कस्तो रह्यो ?

यो भ्रमण अत्यन्तै सफल र फलदायी रह्यो । यसका दुई पाटा थिएः पहिलो औपचारिक पाटो सरकारको तर्फबाट र दोस्रो अन्तर्राष्ट्रिय बुद्ध जयन्तीका अवसरमा ११२ राष्ट्रका प्रतिनिधिबीच बुद्धको जन्मस्थलको प्रतिनिधिको हैसियतले बुद्धका विचार, आदर्श र आजको दिनमा त्यसको सान्दर्भिकताको बारेमा विश्व समुदायलाई जानकारी दिनु, यी दुवै सन्दर्भबाट यो भ्रमण सफल र सार्थक रह्यो ।

यो भ्रमणले अब नेपाल र भियतनामबीच कूटनीतिक र व्यापारिक सम्बन्धलाई अगाडि बढाउन कतिको सफल र सहज रहला ?

हो, नेपाल  र भियतनाम लामो समयदेखिका मित्रहरू हुन् जसको कूटनीतिक सम्बन्ध स्थापित भएको करिब चार दशक भएको छ तर प्रधानमन्त्रीको स्तरमा यो मेरो भ्रमण पहिलो हो ।

यस सिलसिलामा विभिन्न पक्षसँग घनिभूत छलफल भएका छन् । अब हाम्रो कूटनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक र अन्य बहुपक्षीय सम्बन्ध सुदृढ र सुमधुर हुन्छ ।

व्यापार विस्तार हुन्छ । नेपाली उत्पादनको निर्यात बढ्छ । करीब दश करोड जनसङ्ख्या भएको देशमा नेपाली उत्पादनको निर्यात बढाउनुपर्छ ।  यो भ्रमणबाट ती काम हुन्छन् ।

यहाँले विश्व समुदायसँग आगामी वर्ष वैशाख दिवसको कार्यक्रम नेपालको लुम्बिनीमा गर्ने उद्घोष गर्नुभएको छ, त्यसको तयारी के छ ?

मैले यस विषयमा संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग छलफल गरेको छु र केही आन्तरिक तयारी पनि हुँदैछ ।

यो भ्रमण साना र विकासशील देशको सहकार्य र एकताको लागि पनि हो कि ?

अवश्य पनि, हामी हाम्रा जस्ता समानता भएका देशसँग सहकार्य र एकता अगाडि बढाउछौँ । हिजोका दिनमा हामीले असंलग्न आन्दोलनलाई निकै मजबुत बनाएका थियौँ, अब फेरि यस्ता सामयिक मुद्दा सशक्तरूपले अगाडि बढाउनुपर्ने छ ।

यो भ्रमणको सिलसिलामा केही दुई पक्षीय सम्झौता भएका छन् अब यसको कार्यान्वयन पक्ष कस्तो रहँला ?

यी सम्झौता छिट्टै कार्यान्वयनमा आउँछन् । यसका लागि परराष्ट्र सचिवस्तरको संयन्त्र बनेको छ यसले आजबाटै काम शुरु गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘गठबन्धन टिकाउने ध्याउन्न र राष्ट्र बैंकको कसिलो नीतिले अर्थतन्त्र सुध्रेन’ : पूर्वअर्थमन्त्री, युवराज खतिवडा (अन्तवार्ता)

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण ऐतिहासिक : परराष्ट्रमन्त्री, एनपी साउद (अन्तवार्ता)

हामी सुरक्षा सम्बन्धी कार्यक्रममा कसैको छाताभित्र जान सक्दैनौं, जान हुँदैन : प्रधानमन्त्री, पुष्पकमल दाहाल प्रचण्ड (अन्तवार्ता)

संविधानले मान्ने र अर्थतन्त्रले धान्ने माग पूरा हुन्छन्  : शिक्षामन्त्री, अशोककुमार राई (अन्तवार्ता)

शिक्षकहरू आन्दोलित हुनुको पछाडि राजनीतिक फाइदा देखिन्छ: डा. विद्यानाथ कोइराला (अन्तर्वार्ता)

संविधान पवित्र दस्तावेज हो तर कार्यान्वयनमा ध्यान दिनुपर्छ : प्रधानन्यायाधीश, विश्वम्भरप्रसाद श्रेष्ठ (अन्तरवार्ता)

‘संविधानको सकारात्मक पक्षको रक्षा गर्दै अपूर्णता पूरा गर्नुपर्छ’ : नेपाल समाजबादी पार्टी अध्यक्ष, डा. बाबुराम भट्टराई (अन्तर्वार्ता)

संविधान संशोधनतिर भन्दा प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्छ : सभामुख, देवराज घिमिरे (अन्तवार्ता)

चीनविरुद्ध नेपालको भूमि प्रयोग गर्न नदिने विषयमा पहिलेदेखि नै दृढ छौं : परराष्ट्रमन्त्री एनपी साउद (अन्तवार्ता)

राजनीतिक दलद्वारा सांसदको भूमिका ‘प्यारालाइज’ भइरहेको छ: सांसद परियार

निर्वाचन र शासकीय प्रणाली फेर्नैपर्छ: पूर्वसभामुख ओनसरी घर्ती [अन्तर्वार्ता]

लगानी अभिवृद्धिलाई नै मुख्य लक्ष्य बनाएका छौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ (अन्तवार्ता)