सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

समानता भएका देशसँग सहकार्य र एकता अगाडि बढाउछौँ : प्रधानमन्त्री ओली

२०७६ भाद्र ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम भ्रमणबारे रासस प्रतिनिधि दीपेन्द्र अधिकारीलाई विशेष संक्षिप्त अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्ताको सारसंक्षेप:

प्रधानमन्त्रीज्यू  भियतनामको भ्रमण समग्रमा कस्तो रह्यो ?

यो भ्रमण अत्यन्तै सफल र फलदायी रह्यो । यसका दुई पाटा थिएः पहिलो औपचारिक पाटो सरकारको तर्फबाट र दोस्रो अन्तर्राष्ट्रिय बुद्ध जयन्तीका अवसरमा ११२ राष्ट्रका प्रतिनिधिबीच बुद्धको जन्मस्थलको प्रतिनिधिको हैसियतले बुद्धका विचार, आदर्श र आजको दिनमा त्यसको सान्दर्भिकताको बारेमा विश्व समुदायलाई जानकारी दिनु, यी दुवै सन्दर्भबाट यो भ्रमण सफल र सार्थक रह्यो ।

यो भ्रमणले अब नेपाल र भियतनामबीच कूटनीतिक र व्यापारिक सम्बन्धलाई अगाडि बढाउन कतिको सफल र सहज रहला ?

हो, नेपाल  र भियतनाम लामो समयदेखिका मित्रहरू हुन् जसको कूटनीतिक सम्बन्ध स्थापित भएको करिब चार दशक भएको छ तर प्रधानमन्त्रीको स्तरमा यो मेरो भ्रमण पहिलो हो ।

यस सिलसिलामा विभिन्न पक्षसँग घनिभूत छलफल भएका छन् । अब हाम्रो कूटनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक र अन्य बहुपक्षीय सम्बन्ध सुदृढ र सुमधुर हुन्छ ।

व्यापार विस्तार हुन्छ । नेपाली उत्पादनको निर्यात बढ्छ । करीब दश करोड जनसङ्ख्या भएको देशमा नेपाली उत्पादनको निर्यात बढाउनुपर्छ ।  यो भ्रमणबाट ती काम हुन्छन् ।

यहाँले विश्व समुदायसँग आगामी वर्ष वैशाख दिवसको कार्यक्रम नेपालको लुम्बिनीमा गर्ने उद्घोष गर्नुभएको छ, त्यसको तयारी के छ ?

मैले यस विषयमा संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग छलफल गरेको छु र केही आन्तरिक तयारी पनि हुँदैछ ।

यो भ्रमण साना र विकासशील देशको सहकार्य र एकताको लागि पनि हो कि ?

अवश्य पनि, हामी हाम्रा जस्ता समानता भएका देशसँग सहकार्य र एकता अगाडि बढाउछौँ । हिजोका दिनमा हामीले असंलग्न आन्दोलनलाई निकै मजबुत बनाएका थियौँ, अब फेरि यस्ता सामयिक मुद्दा सशक्तरूपले अगाडि बढाउनुपर्ने छ ।

यो भ्रमणको सिलसिलामा केही दुई पक्षीय सम्झौता भएका छन् अब यसको कार्यान्वयन पक्ष कस्तो रहँला ?

यी सम्झौता छिट्टै कार्यान्वयनमा आउँछन् । यसका लागि परराष्ट्र सचिवस्तरको संयन्त्र बनेको छ यसले आजबाटै काम शुरु गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संविधानले दिएको आवास अधिकार कार्यान्वयन गर्न खोज्दा आयोग हटाइयो : हरिप्रसाद रिजाल (अन्तवार्ता)

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : चन्द्रप्रसाद ढकाल (अन्तवार्ता)

जनताको विश्वासमा काम गर्न नसके फेरि मत बदलिन्छ : रास्वपा सांसद, विश्वराज पोखरेल (अन्तवार्ता)

‘प्रतिपक्ष कमजोर भए पनि लोकतन्त्रलाई जनताले लगाम लगाउँछन्’ : वरिष्ठ अधिवक्ता, डा. चन्द्रकान्त ज्ञवाली (अन्तवार्ता)

गगन थापाकै नेतृत्वमा कांग्रेस नियमित अधिवेशनसम्म जानुपर्छ : महामन्त्री, प्रदीप पौडेल (अन्तवार्ता)

‘पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैन’ : प्रधानमन्त्री, सुशिला कार्की (अन्तवार्ता)

गौरीबहादुर आयोगको प्रतिवेदन कार्यान्वयनमा जान्छ : प्रधानमन्त्री, सुशिला कार्की (अन्तर्वार्ता)

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा तुलाधर(अन्तर्वार्ता)

‘निर्वाचनबाट दायाँबायाँ हुने छुट छैन’ : गृहमन्त्री, ओमप्रकाश अर्याल (अन्तवार्ता)

फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्योः’ गृहमन्त्री अर्याल(अन्तवार्ता)

निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव (अन्तवार्ता)

‘पाँच वर्षपछि केपी ओली संसदीय र पार्टी राजनीतिबाट घर फर्किनुहुन्छ’ : एमाले उपमहासचिव, योगेश भट्टराई (अन्तवार्ता)