सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चलचित्र ‘जाइरा’लाई लाखे नाच देखाएर स्वागत

२०७६ भाद्र ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । यहि शुक्रबार रिलीज हुने चलचित्र ‘जाइरा’ टीम यतिबेला मोफसलको प्रचार सकेर काठमाडौं फर्केको छ ।

नेपाली चलचित्रको लागि दोस्रो व्यापारिक स्टेशन मानिने पश्चिम नेपालको पोखरा, अर्को प्रमुख स्टेशन चितवन तथा पूर्वी नेपालको धरान र इटहरीमा प्रचार प्रसारका विभिन्न कार्यक्रम आयोजना गरेको थियो ।

इटहरीमा भने परम्परागत शैलीको कार्यक्रम भन्दा भिन्न शैलीको कार्यक्रम आयोजना भएको थियो ।

स्थानिय युवाहरुको सक्रियतामा लाखे जुलुस निकालेर चलचित्र ‘जाइरा’ टीमलाई स्वागत तथा बजार परिक्रमा गराईएको थियो ।

नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा मुखुन्डो पहिरिएर गरिने परम्परागत लाखे नृत्य ‘जाइरा’ रिलीजको संघारमा प्रस्तुत गरिएको थियो ।

प्रचार यात्रामा चलचित्रकी मूख्य पात्र नायिका नम्रता श्रेष्ठ, अभिनेता प्रमोद अग्रहरी, कलाकार सम्राट मगर लगायत रहेका थिए ।

मोफसल प्रचारको क्रममा नायिका नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट फाईटसँग नेपालीहरु त्यति धेरै परिचित नभएकोले चलचित्र केही अनौठो लाग्न सक्ने बताउँदै चलचित्र सफल हुनेमा बिश्वस्त देखिइन् ।

पहिलो पटक यस प्रकारको भूमिकामा अभिनय गरेकी नम्रताले स्पोर्टस ड्रामा ‘जाइरा’ एक्शन मन पर्ने दर्शक मात्र नभएर सबै दर्शकले मन पराउने बिश्वास व्यक्त गरिन् ।

मोफसलमा अभिनेता प्रमोद अग्रहरीको लुक्सको चर्चा भयो । ट्रेलरमा देखिएको लुक्स बारे सञ्चारकर्मीको जिज्ञासामा उनले भदौ ६ गते चलचित्र हेरेपछि उक्त राज खुल्ने बताए ।

अग्रहरीले आफु नेगेटिभ भूमिकामा भएकोले ट्रेलरमा केहि ग्ल्यामर देखिएको प्रष्ट्याए । उनले चलचित्रमा पनि स्वभावतः ग्ल्यामर देखिने खुलाए ।

त्यस्तै, पोखरा कै एक रक बारमा ‘टम्बल वीड’ ब्याण्डले ‘जाइरा’को ओरिजिनल साउण्ड ट्रयाकको प्रस्तुती दिएको थियो ।

चलचित्रको ओएसटी निर्माण गरेको उक्त ब्याण्ड सोही प्रस्तुतीको लागि पोखरा पुगेको थियो । यात्राको क्रममा पोखरा, चितवन र धरानमा पत्रकार सम्मेलन आयोजना भएका थिए ।

आशुतोष राज श्रेष्ठले निर्देशन गरेको चलचित्रमा नम्रता श्रेष्ठ, अनुप बिक्रम शाहि, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगर लगाएतका कलाकारहरुको अभिनय रहेको छ । प्रनिता श्रेष्ठ निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माता प्रसन्न गोपाली हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अभिनेता अनमोल केसी हाजिर जमानीमा रिहा

एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड: काठमाडौंमा आज उत्कृष्ट पाँच मनोनयन सार्वजनिक 

समर्पण लामा बने ‘इन्डियाज बेस्ट डान्सर’ सिजन–३ को विजेता

हजार करोड बढी कमाएको जवानले भारतमा गत साता कति कमायो ?

‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसन नेपाल’का प्रतियोगीले देखाए ‘कल्चर’

मायावीको छायाङ्कन सुरु

रीत-२ को घोषणा

‘एनआरएन द सिंगर’ मंगलबारदेखि प्रसारण हुने, विजेताले नगद ५ लाख पाउने

बिक्की कौशलको ‘द ग्रेट इन्डियन फेमिली’ भयाे सुपर फ्लप

शिल्पा सेटठीको फिल्मले ३० लाख पनि ब्यापार गरेन्

‘एक भागवत् र एक गीता’लाई बिदाको फाइदा, शो र अकुपेन्सीमा वृद्धि

नहुने भयो ‘परदेशी २’ को धोको पूरा