सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चलचित्र ‘जाइरा’लाई लाखे नाच देखाएर स्वागत

२०७६ भाद्र ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । यहि शुक्रबार रिलीज हुने चलचित्र ‘जाइरा’ टीम यतिबेला मोफसलको प्रचार सकेर काठमाडौं फर्केको छ ।

नेपाली चलचित्रको लागि दोस्रो व्यापारिक स्टेशन मानिने पश्चिम नेपालको पोखरा, अर्को प्रमुख स्टेशन चितवन तथा पूर्वी नेपालको धरान र इटहरीमा प्रचार प्रसारका विभिन्न कार्यक्रम आयोजना गरेको थियो ।

इटहरीमा भने परम्परागत शैलीको कार्यक्रम भन्दा भिन्न शैलीको कार्यक्रम आयोजना भएको थियो ।

स्थानिय युवाहरुको सक्रियतामा लाखे जुलुस निकालेर चलचित्र ‘जाइरा’ टीमलाई स्वागत तथा बजार परिक्रमा गराईएको थियो ।

नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा मुखुन्डो पहिरिएर गरिने परम्परागत लाखे नृत्य ‘जाइरा’ रिलीजको संघारमा प्रस्तुत गरिएको थियो ।

प्रचार यात्रामा चलचित्रकी मूख्य पात्र नायिका नम्रता श्रेष्ठ, अभिनेता प्रमोद अग्रहरी, कलाकार सम्राट मगर लगायत रहेका थिए ।

मोफसल प्रचारको क्रममा नायिका नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट फाईटसँग नेपालीहरु त्यति धेरै परिचित नभएकोले चलचित्र केही अनौठो लाग्न सक्ने बताउँदै चलचित्र सफल हुनेमा बिश्वस्त देखिइन् ।

पहिलो पटक यस प्रकारको भूमिकामा अभिनय गरेकी नम्रताले स्पोर्टस ड्रामा ‘जाइरा’ एक्शन मन पर्ने दर्शक मात्र नभएर सबै दर्शकले मन पराउने बिश्वास व्यक्त गरिन् ।

मोफसलमा अभिनेता प्रमोद अग्रहरीको लुक्सको चर्चा भयो । ट्रेलरमा देखिएको लुक्स बारे सञ्चारकर्मीको जिज्ञासामा उनले भदौ ६ गते चलचित्र हेरेपछि उक्त राज खुल्ने बताए ।

अग्रहरीले आफु नेगेटिभ भूमिकामा भएकोले ट्रेलरमा केहि ग्ल्यामर देखिएको प्रष्ट्याए । उनले चलचित्रमा पनि स्वभावतः ग्ल्यामर देखिने खुलाए ।

त्यस्तै, पोखरा कै एक रक बारमा ‘टम्बल वीड’ ब्याण्डले ‘जाइरा’को ओरिजिनल साउण्ड ट्रयाकको प्रस्तुती दिएको थियो ।

चलचित्रको ओएसटी निर्माण गरेको उक्त ब्याण्ड सोही प्रस्तुतीको लागि पोखरा पुगेको थियो । यात्राको क्रममा पोखरा, चितवन र धरानमा पत्रकार सम्मेलन आयोजना भएका थिए ।

आशुतोष राज श्रेष्ठले निर्देशन गरेको चलचित्रमा नम्रता श्रेष्ठ, अनुप बिक्रम शाहि, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगर लगाएतका कलाकारहरुको अभिनय रहेको छ । प्रनिता श्रेष्ठ निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माता प्रसन्न गोपाली हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘लालीबजार’को चर्चा वर्षौंसम्म हुनेछः अभिनेता तथा निर्देशक शाह

चलचित्रमा सङ्घर्ष र बलिदानका कथा चित्रण गर्नुपर्नेमा जोड

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक

सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

‘लालीबजार’ प्रदर्शनमा

ल्वाङगाउँमा ‘सिनेमा संवाद’

जेठ ८ देखि ‘मितज्यू’ प्रदर्शनमा आँउदै, दयाहाङ-सौगात जोडी फेरि पर्दामा

सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

‘हिम घोडा’ सहित पन्ध्र वर्षपछि सङ्गीतमा फर्किए विनोद

शाहरुखको नयाँ फिल्म ‘किंग’ ले रिलिज अघि कमायो २५० करोड

चलचित्र पत्रकार सङ्घको अध्यक्षमा पुनः बलामी