सदाबहार खबरको रफ्तार ....
बैसाख २६, २०८१ बुधबार
May 8, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

साहित्यकार दिलिप योञ्जनका तीन मुक्तक संग्रह एक साथ सार्वजनिक

२०८० बैसाख १८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कवि ,मुक्तकार, गीतकार तथा समाज सेवी दिलिप योन्जन तामाङको नयाँ मुक्तक सङ्ग्रह “ आगमन “ तथा अमर र अविरलको दोश्रो संस्करणको संयुक्त विमोचन आज काठमाडाैंको प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमका विच विमोचन भएको छ । हातेमालो साहित्य संगमको आयोजनामा भएको कार्यक्रममा योञ्जनद्धारा लिखित कृतिहरु सार्वजनिक गरिएको हो । कार्यक्रममा स्वागत मन्त्व्य पुष्पा धमलाले राखेकी थिइन।

बरिष्ठ साहित्यकार डा. रेनुका सोलु , साहित्यकार उषा शेरचन, कुलनिधि दाहाल र वियोगी बुढाथोकीले संयुक्त रुपमा मुक्तक सङ्ग्रह विमोचन गरे । कार्यक्रममा उपस्थित साहित्यकारहरुले दिलिपद्धारा लिखित मुक्तक सङ्ग्रह भित्रका मुक्तकहरु बाचन गरेका थिए।

अमेरिकामा रहेर पनी नेपाली गीत संगीत र नेपाली माटो प्रतिको प्रगाढ मायालाई भुल्न नसकेको कुरालाई उल्लेख गदैँ गजलकार तथा गीतकार दिलिप योञ्जन तामाङद्धारा लिखित मुक्तक सङ्ग्रह “ अबिरल “ र गीति एल्बम “अनुराग“ र आगमन “ले नेपाली साहित्य र संगीतको क्षेत्रमा पुयाएको योगदानको प्रशंसा उपस्थित सर्जकहरुले गरेका थिए। नेपाल मुकतक सधका अध्यक्ष रामकाजि कानेले साहित्यकार योञ्जनले साहित्यका बिबिध क्षेत्रमा पुर्याएको योगदान अमुल्य रहेको बताए ।

बरिष्ठ साहित्यकार डा. रेणुका सोलुले मुक्तक संग्रह भित्र भएका सिर्जनाले बर्तमान र भविष्य प्रतिको अवस्थालाई प्रस्तुत गरिएको बताउँदै कृतिले सबै पाठकको मन छुन सफल रहोस् भन्दै लेखकलाई शुभकामना दिए । त्यस्तै अर्की साहित्यकार उषा शेरचनले परदेशमा रहेर पनी नेपाली सिर्जनालाई नेपाली साहित्यलाई विश्व सामु पुयाउनको लागी पुयाएको योगदानले मुक्तकारले नेपाली साहित्यको बाटो अझ फराकिलो भएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कानेले साहित्यकार योञ्जनले अमेरिकामा रहेर पनी नेपाली माटोमा आफुलाई उभ्याउन सफल भएको बताए । भौगोलिक रुपमा टाढा भएपनी नेपाली मौलिक सिर्जना मुक्तककारले पुयाएको योगदान अमुल्य रहेको बताए ।

साहित्यकार दिलिप योन्जन तामाङका हाल सम्म मान्छेको भिडमा , आस्था खोजिरहेछु , कबिता सग्रह गाउँबेसीमा फुलै फुल्यो गितिसङ्रह , अनुपम, अमुल्य , अजम्बरी , आफ्नै छाँयाले, अनुराग सिडि , अबिरल, अमर लगायतका सृजना प्रकाशित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गण्डकी प्रज्ञा–प्रतिष्ठानले सातजना स्रष्टालाई सम्मान गर्ने

महोत्तरीका वरिष्ठ पत्रकार गोपाल बराललाई प्रेस स्वतन्त्रता सेनानी पदवीवाट सम्मान

‘आमसञ्चारको परिचय’ पुस्तक बजारमा

लिपिबद्ध गरिँदै साल्पा-सिलिचुङको मुन्दुमी मिथक

मेयर बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

छिन्नलता गीत पुरस्कारको घोषणा

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी

तारिणीप्रसाद कोइरालाको उपन्यास “प्रभा” सार्वजनिक

‘आर्टिष्ट कलाकारलाई स्थानीय स्तरबाट संरक्षण गर्नुपर्छ’

‘विनोद–सुमन’ पत्रकारिता पुरस्कारको घोषणा

नेता महतोको ‘अधुरा क्रान्ति’ सार्वजनिक

अन्तर्राष्ट्रिय कवि सम्मेलन