सदाबहार खबरको रफ्तार ....
बैसाख ६, २०८१ बिहिबार
April 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नक्सा फेरिएसँगै सांसदको प्रतीक चिह्न फेरिने

२०७७ जेठ ११, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि सांसदहरूले लगाउने प्रतीक चिह्न (लोगो) परिमार्जन हुने भएको छ ।

आइतवार सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसद्को लोगो (प्रतीक) र राष्ट्रिय सभाका सदस्यले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको हो ।

संघीय संसद्को लोगोमा रहेको नक्सा सरकारले जारी गरेको नक्साअनुसार अद्यावधिक गर्ने निर्णय भएको राष्ट्रिय सभा अध्यक्षका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए । सांसदले शपथ गरेको दिन उनीहरूलाई संसद्को लोगो दिइने प्रचलन छ ।

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिले संघीय संसद्का दुवै सदनमा सांसदले प्रयोग गर्दै आएको लोगोमा एकरूपता ल्याउने र त्यसका लागि प्रतिनिधि सभालाई अनुरोध गर्ने निर्णय गरेको छ ।

आइतवार नै प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि लोगो परिवर्तन गर्नेबारे छलफल चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कोशी प्रदेश सभामा पेश भयो संकल्प प्रस्ताव

गण्डकी प्रदेशसभा अधिवेशन आव्हान

लुम्बिनी प्रदेशसभामा १७ महिनापछि संसदीय समितिमा सर्वसम्मत नेतृत्व

राजनीतिक स्थितिको प्रभाव कानुन निर्माणमा छः अध्यक्ष दाहाल

मधेश प्रदेश सभामा जनमतको अवरोध

कोरम नपुगेपछि समितिको बैठक स्थगित

कानुन निर्माणमा सांसद गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल

नाउपाकी सुदूरपश्चिम सांसद इन्दिरा गिरीको पुर्नबहाली

प्रतिनिधिसभाको चालु अधिवेशनमा के-के भए काम ?

अघिल्लाभन्दा संसदका यो अधिवेशन उपलब्धिमूलकः सभामुख

संघीय संसदको हिउदे अधिवेसनको अन्त्य

प्रतिनिधिसभाको बैठक आज बस्दै