काठमाण्डौः फेसबुकले शर्ट भिडियो एप टिकटकलाई टक्कर दिन आफ्नो नयाँ एप कोल्याब सार्वजनिक गरेको छ ।
तर यो एप हालका लागि आईओएस युजर्सहरुका लागि अमेरिका र क्यानडामा मात्र उपलब्ध छ ।
कोल्याबको माध्यमबाट तपाईले शर्ट भिडियोहरु बनाउन सक्नुहुन्छ । यसमा तपाईले इच्छा अनुसारको म्युजिक पनि राख्न सक्नुहुन्छ । तपाईले कुनै पनि गीतको तीन भागमा भिडियो बनाउन सक्नुहुन्छ । अन्य दुई भागका लागि आफ्ना साथीहरुलाई पनि इन्भाइट गर्न सक्नुहुन्छ ।
कोल्याबका धेरै जसो फिचरहरु टिकटकको जस्तै नै छ । तपाईले बनाएको भिडियोलाई प्रयोग गरेर अन्य युजर्सले पनि भिडियो बनाउन सक्छन् । एउटै भिडियोलाई तीन भागमा बाढेर उदाहरणका लागि तपाईले गाउन सक्नुहुन्छ, तपाईको साथीले गिटार बजाउन सक्छ र अर्को साथीले संगीत दिनसक्छ ।
कोल्याबमा बनाएको भिडियो प्रयोगकर्ताहरुले सामाजिक सञ्जालमा पनि शेयर गर्न सक्छन् । तर यो एपबाट भिडियो तपाईले मोबाइल फोनमा सेभ गर्नसक्नुहुन्न ।
एजेन्सी
