सदाबहार खबरको रफ्तार ....
बैसाख १९, २०८१ बुधबार
May 1, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विद्यार्थीसँग जनप्रतिनिधि : दुई वर्षभित्र नगरको फोहोर आफैँ व्यवस्थापन गर्ने प्रतिबद्धता

२०८० जेठ १९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौंको गोकर्णेश्वरस्थित जया मल्टिपल क्याम्पसका विद्यार्थीले स्थानीय जनप्रतिनिधिसँग वातावरणीय सरसफाइ र फोहोर व्यवस्थापनसम्बन्धी कामबारे अन्तरक्रिया गरेका छन् । उनीहरूले मैनादेवी फाउन्डेसनले आयोजना गरेको ‘क्लिन अप प्रिमियर लिग’को अवसरमा गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिलाई फोहोर व्यवस्थापनसम्बन्धी पालिकाको नीति तथा कार्यक्रमबारे प्रश्न गरेका थिए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामा, वडा नम्बर ६ का वडाध्यक्ष नवराज लामा, वडा नम्बर ७ का अध्यक्ष केशव गुरुङ, ८ नम्बर वडाका अध्यक्ष नन्दलाल श्रेष्ठ र सामाजिक अभियन्ताहरूको उपस्थिति थियो ।

कार्यक्रममा उपमेयर लामाले फोहोर व्यवस्थापनसम्बन्धी सचेतना फैलाउन विद्यार्थीसँग हातेमालो गर्ने प्रतिबद्धता जनाइन् । जनप्रतिनिधिहरूले गोकर्णेश्वरलाई स्वच्छ बनाउन विभिन्न कार्यक्रम गर्ने र आगामी दुई वर्षभित्रमा यहाँको फोहोर बन्चरेडाँडा पठाउनुनपर्ने बताए ।

कार्यक्रममा विद्यार्थीहरूले कवितावाचन तथा उनीहरूले बोतल, कार्डबोडलगायत सामग्रीबाट निर्माण गरेका कलाकृति प्रस्तुत गरेका थिए । दैनिक जीवनमा फोहोर भनेर फालिने वस्तुहरूबाट घर, फूललगायत सामग्री बनाएका थिए । उनीहरूले मैला व्यवस्थापनसम्बन्धी जनचेतनामूलक चित्रहरू पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्थानीय सामाजिक अभियन्ताहरूलाई सम्मान पनि गरिएको थियो । यस्तै, फाउन्डेसनका सञ्चालक केपी खनालले यस्ता कार्यक्रमले जनचेतना फैलाउनुका साथै फोहोरमैलासम्बन्धी विविध कार्यक्रम गर्न ऊर्जा मिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

श्रमिकको सीपमा लगानी गर्नुपर्छ : श्रममन्त्री अर्याल

उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

जनक शिक्षाद्वारा रु १८ करोड ६७ लाख मूल्य बराबरका पाठ्यपुस्तक बिक्री

दुई विश्वविद्यालयका उपकुलपति नियुक्त

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

‘मेरो विद्यालयलाई, मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान प्रभावकारी

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

पर्वतमा धमाधम विद्यालय समायोजन

पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

नवनियुक्त शिक्षकको दुःखेसो—आयोग पास गरेर पनि पढाउने विद्यालय पाएनौँ

प्रविधिमैत्री बन्दै कामपाका सामुदायिक विद्यालय